काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्ने प्रयास जारी राखेका समाचारहरु बाहिरिएकै बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा समस्या आउने संकेतसहितको कडा अभिव्यक्ति दिएका छन्।
सोमबार तनहुँमा ‘तरुण यात्रा’ पुस्तक विमोचन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता साझेदार दल कांग्रेसले भनेको प्रम ओलीले नमान्ने गरेको र एकलौटी गर्न खोजेको भन्दै सरकारको विषयमा खुलेरै कुरा गर्नुपर्ने अवस्था आएको दाबी गरे ।
थापाले आफूहरुले 'जे काममा हात हाल्न हुँदैन भन्यो, प्रधानमन्त्रीले त्यही काम गरिरहेको' भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोतर्फ लक्षित गर्दै उनले भने, ‘हामीले कोठामा भन्यौं, बाहिर भन्यौं, भित्र भन्यौं, सम्झाएर भन्यौं– नचाहिने ठाउँमा हात नहाल्नुस् है भनेर । कतिपय ठाउँमा कर्मचारी ल्याउने, बदल्ने सरकारको अधिकार छ । तर, नचाहिने ठाउँमा हात नहाल्नुस् । बेकारमा आगोमा हात हालेपछि पोल्छ । नचाहिने ठाउँमा हात हालेर सडकमा मान्छे निस्किएका छन् ।’
प्रधानमन्त्री ओलीकै हठ र नटेर्ने प्रवृतिका कारण आन्दोलनका संख्या बढ्न थालेको र असन्तुष्टिहरुलाई सरकारले समयमै सम्बोधन गर्ने प्रयास समेत नगरेको आरोप लगाए । शिक्षकहरुको माग सम्बोधन गर्न आफूहरुले सरकारलाई चार÷पाँच महिनादेखि उपसमिति बनाएर काम गरौं भन्दा नटेरेको पनि उनले सुनाए ।
सरकारले ठीक ढंगले काम गर्न नसकेको उल्लेख गर्दै उनले यहीकारण अहिले काठमाडौंमा दैनिक तीन÷चार वटा आन्दोलन भइरहेको बताए । उनले थपे, ‘अहिले काठमाडौंको सडकमा दुईटा÷तीनवटा आन्दोलन चलिरहेको छ । सरकारले ठीक ढंगले काम गरेको भए एउटा पनि आन्दोलन हुँदैन थियो।’
महामन्त्री थापाले सरकारको बारेमा खुलेर नै छलफल गर्नुपर्ने बेला भएको पनि चेतावनी दिए । ‘हामी सरकारमा छौं । हाम्रो जिम्मेवारी पनि छ । सरकारको बारेमा पनि हामीले अब अलिकति खुलेर छलफल गर्नुपर्ने बेला आएको छ । सरकारको गति ठीक छैन । जुन तरिकाले कामहरु गर्नुपर्ने हो, जसरी सरकारका कामहरुबाट नागरिकलाई भरोसा सिजर्ना गर्नुपर्ने हो, हुन सकिरहेको छैन।’

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                