काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदैछन् । प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा ७६ (४) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलदेखि स्वतन्त्र सांसदहरुलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ ।
यस्तै सत्ता साझेदार नेपाली कांग्रेसको आज बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै पार्टीका सबै सांसद्लाई ह्विप जारी गर्ने नेपाली कांग्रेसले जनाएको छ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।
ओली नेतृत्वको सरकारलाई कांग्रेसबाहेकका दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसहित दुईतिहाईको समर्थन रहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                