मंगलवार, फाल्गुन ५,२०८२ 10:37:11
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:37:11
Bizshala
Global IME Bank Limited

एमालेमा ओलीको ‘मनपरी’विरुद्ध जिल्ला तहबाट विद्रोह सुरु : ओखलढुङ्गा जिल्ला कमिटीले आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने घोषणा

एमालेमा ओलीको ‘मनपरी’विरुद्ध जिल्ला तहबाट विद्रोह सुरु : ओखलढुङ्गा जिल्ला कमिटीले आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने घोषणा
Shivam Cement

काठमाण्डौ । नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय सचिवालयले गरेको उम्मेदवार छनोटलाई ‘गुटगत’ र ‘एकलौटी’ भन्दै तल्लो तहबाट खुला अवज्ञा र विद्रोहको सुरुवात भएको छ।

ओखलढुङ्गा जिल्ला कमिटीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रले घोषणा गरेको आधिकारिक उम्मेदवारलाई सहयोग नगर्ने औपचारिक घोषणा गरेको छ। जिल्ला कमिटीले जारी गरेको प्रेस विज्ञप्तिमा केन्द्रीय नेतृत्वले जिल्लाको विधिवत् एवं सर्वसम्मत सिफारिसलाई पूर्ण रूपमा उल्टाएर व्यक्तिगत गुटको पक्षमा निर्णय गरेको आरोप लगाइएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “जिल्ला कमिटीको विधिवत् एवं सर्वसम्मत निर्णयहरूलाई उल्टाउने र व्यक्तिगत गुटका लागि गरिएको निर्णयप्रति असहमत प्रकट गर्दछौं। सिफारिस विपरीत आएका उम्मेदवारलाई सहयोग गरेर जान नसकिने व्यहोरा केन्द्रीय नेतृत्व र आम शुभचिन्तकहरूलाई जानकारी गराउँछौं।”

जिल्लाले ईश्वर पोखरेल, अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का (जीबी) र नानीबाबु बुढाथोकी जस्ता स्थानीय प्रभावशाली नेताहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको थियो। तर केन्द्रले यी सिफारिसहरूलाई बेवास्ता गर्दै आफ्नो मनपरी उम्मेदवार घोषणा गरेको जिल्ला कमिटीको दाबी छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो घटनालाई एमाले वृत्तमा ओलीको केन्द्रीय ‘मनपरी’ र गुटगत पक्षपातविरुद्ध जिल्ला तहका कार्यकर्ता तथा नेताहरूबाट सुरु भएको ठूलो विद्रोहको संकेतका रूपमा हेरिएको छ। यसअघि उपमहासचिव योगेश भट्टराईले पनि उम्मेदवार छनोटमा पक्षपात भएको भन्दै ‘नोट अफ डिसेन्ट’ दर्ता गरेका थिए।

विश्लेषकहरूका अनुसार, केन्द्रले जिल्लाको भावना र सिफारिसलाई पटक-पटक बेवास्ता गर्दा पार्टीभित्र असन्तुष्टि चर्किँदै गएको छ। ओखलढुङ्गाको यो असहयोग घोषणाले अन्य जिल्लाहरूमा पनि डोमिनो प्रभाव पार्न सक्ने आशंका गरिएको छ, जसले आगामी निर्वाचनमा एमालेको संगठनात्मक एकता र चुनावी प्रदर्शनमा गम्भीर असर पार्न सक्छ।

पार्टीका उच्च स्रोतहरूले यो विषयलाई गम्भीरतापूर्वक लिइएको बताए पनि केन्द्रीय नेतृत्वबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। निर्वाचनको मुखमा यस्तो खुला अवज्ञाले एमालेको आन्तरिक संकट झन् गहिरो बन्दै गएको प्रष्ट संकेत दिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.