सोमबार, श्रावण १८,२०८३ 10:19:25
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:19:25
Bizshala
Global IME Bank Limited

क्याबिनेट रोकेर ओली-देउवा छलफलमा, वार कि पारको अवस्था

क्याबिनेट रोकेर ओली-देउवा छलफलमा, वार कि पारको अवस्था
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आ-आफ्नै अडानमा रहेका प्रमुख सत्तारुढ घटक कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।  

गभर्नर नियुक्तिमा दुवै दलको आ आफ्नो दाउका कारण गठबन्धनको भविष्यमाथि नै प्रश्नहरु उठिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको मन्त्रिपरिषद बैठकबाट गभर्नर नियुक्त गर्ने वचन दिइसकेको अवस्थामा दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

केहीबेरअघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबीच छलफल भइरहेको हो ।  

छलफलमा प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक सहभागी छन् । 

आज साँझ ५ः३० बजे मन्त्रिपरिषद बैठक बोलाइए पनि त्यसअघि शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।  

छलफलमा गभर्नर नियुक्तिको विषयमा कुराकानी हुने अनुमान गरिएको छ । 

कतिपय स्रोतहरुले भने आजको छलफललाई गठबन्धनको भविष्यका लागि महत्वपूर्ण पनि भनेका छन् । किनभने प्रधानमन्त्री ओलीले आज गभर्नर नियुक्त गर्न चासो दिएका छैनन् । यही विषय बुझेका कांग्रेस सभापति देउवाले भोलि(शुक्रबार) बुढानिलकण्ठस्थित आफ्नै निवासमा एमालेसँगको सत्ता सहकार्य र गठबन्धनको भविष्य लगायतको विषयमा छलफल गर्न भन्दै पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.