शुक्रबार, आश्विन ३०,२०८३ 03:53:20
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 03:53:20
Bizshala
Global IME Bank Limited

यस्तो रहेछ ओलीलाई पक्रन ढिलाई भएको कारण

Bizshala
यस्तो रहेछ ओलीलाई पक्रन ढिलाई भएको कारण
New Office

काठमाण्डौ । गत भदौ २३ गतेको जेनजी आन्दोलनमा दर्जनौ निहत्थाहरुको हत्या गरेको अभियोगमा उच्चस्तरीय छानबिन समितिबाट प्रमुख दोषी करार पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली अझै पक्राउ परिसकेका छैनन् ।  

ओलीलाई हिजो मध्यरातिदेखि नै पक्राउ गर्ने प्रयास गरिएको भए पनि जरुरी पक्राउ पूर्जी लगायतका आवश्यक कागजात तयार गर्ने क्रममा केही ढिलाई हुँदा आज बिहानको राति मात्र प्रहरी टोली गुण्डुस्थित निवासमा पुगेको थियो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ओलीभन्दा केही ढिलो प्रक्रिया सुरु भए पनि पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् । लेखकलाई भक्तपुरको कटुञ्जेस्थित उनको निवासमै पुगेको प्रहरीले केहीबेरअघि पक्राउ गरिसकेको छ । उनलाई पक्राउ गरेर काठमाण्डौ प्रहरी परिसरमा ल्याइँदैछ ।  

उता, भक्तपुरकै गुण्डुस्थित केपी ओली निवासमा भने मध्यरातिदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले समेत सहयोग गरिरहेको छ । सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाले समेत निगरानी गरिरहेको स्रोतको भनाई छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरी टोली ओलीलाई पक्राउ गर्न जरुरी पक्राउ पूर्जीसहित पुगे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् । हिजैदेखि गुण्डुमा रहेकी एमाले नेतृ रामकुमारी झाक्रीका अनुसार प्रहरी पुग्दा ओली सुतिसकेका थिए । राति २ बजे सुतेका ओली अझै उठेका छैनन् । ओलीलाई नियन्त्रणमा लिन खटिएका एक प्रहरी अधिकृतका अनुसार उठेपछि नियन्त्रणमा लिने तयारी भइरहेको छ ।  

ओलीलाई नियन्त्रणमा लिन ढिलाई हुँदा गुण्डुस्थित उनको निवास आसपास एमाले कार्यकर्ताहरु भेला हुने क्रम जारी छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.