रमेश लेखक भन्छन्, ‘जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको छैन’
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायलाई बल प्रयोग गर्न आफूले कुनै पनि प्रकारको निर्देशन नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन्। जेनजी आन्दोलन जाँचबुझ आयोगमा सोमबार बुझाएको लिखित बयानमा उनले गृहमन्त्रीलाई यस्तो आदेश दिने कानूनी हैसियत नै नरहेको बताएका हुन्।लेखकले बल प्रयोग गर्ने वा नगर्ने निर्णय राजनीतिक तहबाट होइन, फिल्डमा खटिएका सुरक्षा...

