शुक्रबार, आश्विन ३०,२०८३ 03:52:52
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 03:52:52
Bizshala
Global IME Bank Limited

पक्राउ गरिएको ओली र लेखकलाई कहाँ राखिएको छ ?

Bizshala
पक्राउ गरिएको ओली र लेखकलाई कहाँ राखिएको छ ?
New Office

काठमाण्डौ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउपछि काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। शनिबार बिहान भक्तपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका दुवै जनालाई सोही परिसरमा ल्याएर राखिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार ओलीलाई भक्तपुरको गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको थियो। पक्राउ लगत्तै उनीहरूलाई सिधै भद्रकालीस्थित परिसरमा ल्याइएको हो।

यसअघि भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे अनुसन्धान गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सिफारिसलाई कार्यान्वयन गर्ने निर्णय शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। त्यसपछि गृहमन्त्री सुधन गुरुङले आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसँग छलफल गरी पक्राउको तयारी गरेका थिए।

सोही तयारीअनुसार शनिबार बिहान दुवै जनालाई पक्राउ गरी हाल जिल्ला प्रहरी परिसर काठमाडौँमै राखिएको प्रहरीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.