आईतवार, श्रावण १०,२०८३ 03:49:33
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:49:33
Bizshala
Global IME Bank Limited

रमेश लेखक भन्छन्, ‘जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको छैन’

रमेश लेखक भन्छन्, ‘जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको छैन’
New Office

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायलाई बल प्रयोग गर्न आफूले कुनै पनि प्रकारको निर्देशन नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन्। जेनजी आन्दोलन जाँचबुझ आयोगमा सोमबार बुझाएको लिखित बयानमा उनले गृहमन्त्रीलाई यस्तो आदेश दिने कानूनी हैसियत नै नरहेको बताएका हुन्।

लेखकले बल प्रयोग गर्ने वा नगर्ने निर्णय राजनीतिक तहबाट होइन, फिल्डमा खटिएका सुरक्षा निकायबाट परिस्थितिको मूल्यांकनका आधारमा गरिने बताएका छन्। ‘कानूनले नै गृहमन्त्रीलाई बल प्रयोगसम्बन्धी आदेश दिने अधिकार दिएको छैन,’ उनले बयानमा उल्लेख गरेका छन्, ‘त्यसैले लिखित वा मौखिक आदेश दिने प्रश्न नै उठ्दैन।’

उनले प्रदर्शन नियन्त्रणका विषयमा प्रधानमन्त्री वा गृहमन्त्रीले ‘यति बल प्रयोग गर’ भन्ने प्रकारको निर्देशन दिने अभ्यास न कानूनी रूपमा सम्भव रहेको, न व्यवहारमा हुने बताए। उनका अनुसार घटनास्थलको अवस्था, जोखिम र आवश्यकताको मूल्यांकन गरेर सुरक्षा निकायले आफैं निर्णय लिने व्यवस्था कानूनमै गरिएको छ।

लेखकले राजनीतिक नेतृत्वले बल प्रयोगको मात्रा, तरिका वा समयबारे प्रत्यक्ष जानकारी राख्ने वा जिम्मेवारी लिने अवस्था नरहेको पनि स्पष्ट पारेका छन्। ‘कहाँ, कहिले र कस्तो अवस्थामा कति बल प्रयोग गर्ने भन्ने निर्णय वस्तुगत विश्लेषणका आधारमा सुरक्षाकर्मीले नै गर्छन्,’ बयानमा भनिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.