शुक्रबार, आश्विन ३०,२०८३ 03:53:21
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 03:53:21
Bizshala
Global IME Bank Limited

ओलीसँगै रमेश लेखकको घरमा पनि प्रहरी, दुवैलाई पक्राउ गर्ने तयारी

Bizshala
ओलीसँगै रमेश लेखकको घरमा पनि प्रहरी, दुवैलाई पक्राउ गर्ने तयारी
New Office

काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत नियन्त्रणमा लिने तयारी तीव्र बनेको छ। प्रहरी स्रोतका अनुसार दुवै नेतालाई पक्राउ गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

यसैक्रममा भक्तपुरको गुण्डुस्थित ओली निवाससँगै कटुन्जेस्थित रमेश लेखकको घरमा पनि प्रहरी टोली पुगेको छ। दुवै स्थानमा सुरक्षा सतर्कता बढाइएको छ भने आवश्यक कागजी प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिने तयारी भइरहेको बताइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसअघि गएराति नक्सालस्थित प्रहरी महानिरीक्षकको निवासमा गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख राजु अर्यालबीच उच्चस्तरीय छलफल भएको थियो। उक्त बैठकमा दुवै नेतामाथि कारबाही प्रक्रिया अघि बढाउने विषयमा सहमति जुटाइएको स्रोतको दाबी छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन दमनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सुरक्षा संयन्त्र सक्रिय बनेको हो। निर्णयपछि गृहमन्त्री गुरुङले रातभर सुरक्षा निकायका उच्च अधिकारीहरूसँग निरन्तर परामर्श गर्दै सम्भावित कारबाहीको खाका तयार पारेका थिए।

दुवै नेतामाथि कारबाही प्रक्रिया अघि बढ्न लागेसँगै देशको राजनीतिक वातावरण थप तातिने संकेत देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.