शनिबार, श्रावण ९,२०८३ 11:23:12
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:23:12
Bizshala
Global IME Bank Limited

केपी ओलीमाथि लगाइएको स्थान हद फुकुवा

केपी ओलीमाथि लगाइएको स्थान हद फुकुवा
New Office

काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण तथा काठमाण्डौ उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

आयोगको आज(पुस २१ गते) बसेको बैठकले यसअघि गत असोज १२ गतेको बैठकबाट ओलीमाथि लगाइएको स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो । बैठकले उक्त प्रतिबन्ध अब आवश्यक नरहेको ठहर गर्दै उक्त निर्णय खारेज गरेको हो। आयोगका अनुसार घटनाको छानविन तथा अनुसन्धानको क्रममा तत्कालीन प्रधानमन्त्री ओलीसँग आवश्यक सोधपुछ तथा बुझ्ने कार्य सम्पन्न भइसकेकाले प्रतिबन्धको औचित्य समाप्त भएको निष्कर्ष निकालिएको हो।

यस निर्णयअनुसार अब केपी शर्मा ओलीले आयोगको स्वीकृति बिना पनि विदेश भ्रमण गर्न तथा काठमाण्डौ उपत्यका बाहिर जान सक्नेछन्। आयोगका सदस्य तथा प्रवक्ता विज्ञान राज शर्माले जारी गरेको सूचनामा उक्त निर्णयको जानकारी सम्बन्धित निकायहरू तथा स्वयं ओलीलाईसमेत गराउने जनाइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.