बुधबार, कार्तिक ७,२०८१ 10:06:59
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 10:06:59
IME remit
Global IME Bank Limited

फेरि बज्न थाल्यो सरकार ढल्ने बेमौसमी बाजाः देउवा ढुक्क, ओली सशंकित

Hyundai Nepal
फेरि बज्न थाल्यो सरकार ढल्ने बेमौसमी बाजाः देउवा ढुक्क, ओली सशंकित
Nabil Bank Limited

काठमाण्डौ । कांग्रेस–एमालेको गठजोडमा बनेको वर्तमान सरकार ढल्ने बेमौसमी बाजा पुनः बज्न थालेको छ ।  

तथ्य जाँच नगरी हल्लाको पछि कुद्ने नेपालको सेयर बजारका लगानीकर्ताहरुलाई यो बेमौसमी बाजाले असर पार्न सुरु गरिसकेको छ । जसको प्रतिक्रिया दरिलो कारण र आधारबिना नै आज घटेको बजारले दिइसकेको छ ।  

बजारलाई सुनियोजित रुपमा घटाउन विभिन्न गिरोहहरुले कांग्रेस–एमाले गठबन्धन सरकार ढल्ने हल्ला फैलाइरहेको देखिन्छ । फैलिँदो यो हल्लाको आगोमा माओवादीका शीर्ष नेताहरुले घिउ थपिरहेका छन् । तर, माओवादीका वर्षमान पुन लगायतका नेताहरुले जसरी सरकार तिहारअघि नै ढल्ने दाबी गर्दै प्रचारबाजी गरिरहेका छन्, यथार्थ भने त्यस्तो छैन । घटनाक्रम त्यसरी विकास नै नभएको कांग्रेसका एक पदाधिकारी तहका नेताले जानकारी दिए । 

Bizshala
Shivam Cement
CG Motors

बिजशालासँग कुरा गर्दै ती नेताले नाम नखुलाउने आग्रहका साथ भने–‘शेरबहादुर दाई र केपी ओलीले नचाहेसम्म अहिलेको सरकार हल्लिदैन । यी दुईबाहेकका नेताहरु जति सबै लागेर सरकार ढाल्छु भने पनि ढल्दैन ।’  

ती नेताको भनाईमा बाहिर चलेको हल्लाजस्तो तत्काल नै सत्ता समीकरणमा फेरबदलको झिनो गुञ्जायससम्म छैन । शक्तिकेन्द्रहरु भने सरकार ढाल्न र फेरि राजनीतिक अस्थिरता पैदा गर्न सबै प्रयास गरिरहेका सूचना आफूहरुलाई पनि आएको ती नेताले स्वीकारे । ‘तर जति नै ठूला शक्ति लागे पनि अहिलेको सरकार तत्काल ढल्दैन । हालको परिस्थितिमा कुनै गम्भीर ट्वीस्ट वा दुई ठूला नेताबीच कुनै अप्रत्यासित अविश्वासको अवस्था नआएसम्म यो सरकार सहमतिअनुसार नै जान्छ ।’ ती नेताले भने–‘केपी ओलीले अब १ वर्ष र केही महिनासम्म नेतृत्व गर्नुहुन्छ, त्यसपछि शेरबहादुर दाईको नेतृत्वमा सरकार बन्छ र त्यो सरकार आगामी चुनावसम्मै जान्छ ।’  

एकाएक बालुवाटार किन त ?

सरकार धरमराउने व्यापक बजार हल्लाबीच कांग्रेसका सभापति शेरबहादुर देउवा महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, पत्नी आरजू देउवालाई लिएर आइतबार साँझ एकाएक प्रधानमन्त्री निवास बालुवाटार किन पुगेका हुन् त ? कतै गठबन्धनमा गम्भीर समस्या आएर त हैन ? समीकरणमै दरार पैदा हुनै लागेको पूर्वसंकेत पो हो कि आजको अप्रत्यासित भेट ? भन्ने हाम्रो प्रश्नमा उच्च स्रोत भन्छ–‘सत्ता समीकरणको विषयमा छलफल गर्न उहाँहरु जानुभएको होइन । रवि लामिछाने पक्राउपछि जसरी देशभर सुरक्षा चुनौति बढेको छ, त्यसमा प्रहरी तथा प्रशासनका अधिकारीहरुले निर्वाह गरेको भूमिका शंकास्पद देखिएकोले त्यसको समाधान खोज्न छलफल भएको हो । केही सरकारी वकिल, महान्यायाधिवक्तादेखि केही उच्च सरकारी अधिकारीहरुको भूमिका शंकास्पद देखिएका कारण देउवा शीर्ष नेतृत्व लिएर ओलीलाई भेट्न जानुभएको हो । मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, अहिलेको गठबन्धनविरुद्ध भइरहेको षड्यन्त्रलाई मिलेर परास्त गर्न र लोकतन्त्रमाथि हुनसक्ने खतरालाई मिलेरै झेल्न आवश्यक रणनीति लगायतका विषयमा समेत छलफल भएको छ ।’ 

ती नेताका अनुसार आजको छलफलमा ओलीले दल विभाजन सम्बन्धी विषय समेत उठाएका थिए । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

ओली चाहिँ सशङ्कित !

कांग्रेसका शीर्ष नेताहरु अहिलेको गठबन्धनमा आफ्नो तर्फबाट कुनै समस्या नआउनेमा ढुक्क देखिएका भए पनि ओली भने दिनप्रतिदिन सशंकित बन्दै गएका घटनाक्रमले देखाउँछ । यहीकारण प्रधानमन्त्री ओलीले आफू अध्यक्ष समेत रहेको पार्टी नेकपा एमालेको आइतबारको सचिवालय बैठकमा सरकार ढाल्ने प्रयास भइरहेको र चौतर्फी आक्रमण भएको भन्दै सचेत रहन नेताहरुलाई आग्रह गरेका थिए ।  

एमाले सचिवालयका एक सदस्यकाअनुसार देशी विदेशी शक्तिहरु समेत कांग्रेस–एमाले गठबन्धन फुटाउन सक्रिय भएको ओलीले सुनाएका थिए । ‘तपाईहरु पनि गम्भीर र सचेत हुनुपर्ने बेला आएको छ ।’ ओलीलाई उद्धृत गर्दै उनले भने–‘सरकार ढालेर फेरि अस्थिरताको बिउ रोप्ने प्रयासलाई सफल हुन दिनुभएन ।’  

बैठकमा ओलीले कांग्रेस सभापति देउवा सहमति र समीकरणप्रति इमानदार नै भए पनि केही विदेशी शक्तिका कारण अवस्था बिग्रिनसक्ने चिन्ता समेत व्यक्त गरेका थिए ।

सो क्रममा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र अन्य नेताहरु सरकारविरुद्ध हात धोएर लागेका र रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि चौतर्फी घेराबन्दी गरी जनतालाई सडकमा उरालेर सरकार ढाल्ने षड्यन्त्र बुन्न थालिएकोसम्म भन्न भ्याएका थिए ।  

उनले मीनबहादुर गुरुङले पार्टीलाई दान दिएको जग्गाको विषयमा पार्टीभित्रैका नेताहरुले आफूमाथि प्रहार गरेका उल्लेख गर्दै त्यस्ताविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए । यहीकारण विन्दा पाण्डे, उषाकिरण तिम्सिना र भीम रावललाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय समेत आजैको बैठकले गरेको छ । यी तीनै नेताले कुनै व्यापारीबाट पार्टीले जग्गा दान लिनु गलत भएको भन्दै यसलाई सच्याउन सार्वजनिक आह्वान गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.