शनिबार, श्रावण ९,२०८३ 11:20:00
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:20:00
Bizshala
Global IME Bank Limited

नयाँ सरकार गठनको दाबीमा हस्ताक्षर गरे देउवा र ओलीले(फोटो फिचर)

नयाँ सरकार गठनको दाबीमा हस्ताक्षर गरे देउवा र ओलीले(फोटो फिचर)
New Office

काठमाण्डौ । नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने उद्देश्यले तयार कागजातमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।  

ओलीले संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने सरकारमा दाबी पेश गर्न लागेका हुन् ।  

ओलीको दाबीलाई समर्थन गर्दै नेपाली कांग्रेसका सभापति देउवाले हस्ताक्षर गरेका छन् । 

एमाले नेता सूर्य थापाका अनुसार एमाले संसदीय दलको कार्यालयमा रहेको केपी ओलीको कार्यकक्षमा एमाले र कांग्रेसका नेताहरु भेला भएर दाबीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

अब केपी ओलीले आफूलाई बहुमत सदस्यको समर्थन रहेको दाबी गर्दै राष्टपतिले आह्वान गरेपछि पत्र बुझाउने तयारी गरेका छन् । ओलीको दाबीमा देउवा मुख्य समर्थक बनेका छन् ।  

यही बीचमाप्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयले राष्ट्रपतिलाई गराएको छ। सभामुख देवराज घिमिरेले पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी पत्र शीतल निवास पठाएका हुन्।

१३८ मत आवश्यक पर्नेमा ६३ मात्र पाएर प्रधानमन्त्री पदमुक्त भएकाले नयाँ सरकार गठनको आह्वानका लागि मत परिणामसहितको जानकारी शीतल निवास पठाएको  संसद सचिवालयले जनाएको छ।  

संसद सचिवालयबाट पत्र प्राप्त हुनुअघिदेखि नै राष्टपति रामचन्द्र पौडेल संविधानको कुन धारा अन्तर्गत नयाँ सरकार गठनका लागि आह्वान गर्ने भन्ने विषयमा उत्पन्न अन्यौल हटाउन संविधान र कानूनका ज्ञाताहरुसँग छलफल गरिरहेका छन् ।  

सम्भवतः आजै राति राष्टपति नयाँ सरकार गठनका लागि आह्वान हुनेछ र कांग्रेस एमालेले आजै दाबी पेश गर्नेछन् । सम्भवतः आजै मध्यरातिसम्म केपी ओली प्रधानमन्त्रीको रुपमा नियुक्त हुनेछन् ।  

कांग्रेस एमालेको योजनाअनुसार सबै कुरा अगाडि बढे शनिवार नवनियुक्त प्रधानमन्त्रीको सपथ गराइनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.