बिहीबार, फाल्गुन १४,२०८२ 11:30:29
Bizshala
  • बिहीबार, फाल्गुन १४,२०८२ 11:30:29
Bizshala
Global IME Bank Limited

के ओली र विप्लव मिल्न लागेका हुन् ? साझा आवाजले बढायो राजनीतिक एकताको संकेत

के ओली र विप्लव मिल्न लागेका हुन् ? साझा आवाजले बढायो राजनीतिक एकताको संकेत
Shivam Cement

काठमाण्डौ । नेपाली राजनीतिमा फेरि एक पटक ‘कम्युनिस्ट एकता’ को चर्चा चल्न थालेको छ । ्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव) एकै स्वरमा सर्वपक्षीय सरकार गठनको पक्षमा उभिँदा, राजनीतिक वृत्तमा दुवैबीच सम्भावित सहकार्य वा एकताको संकेत देखिन थालेको हो । विप्लवले केही समयअघि पार्टी एकताका लागि माओवादी केन्द्रसँग भन्दा एमालेसँग बढी निकट रहेर कुराकानी भइरहेको बताएका थिए । उनले एमालेसँग बढी कुराकानी भइरहेको बताएको केही समयमै सर्वपक्षीय सरकार गठनको ओली अजेण्डामा समेत ऐक्यबद्धता जनाएपछि भित्रभित्रै केही राजनीतिक खिचडी पाकिरहेको प्रतित हुने स्रोतहरु दाबी गर्छन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

एमाले अध्यक्ष ओलीले जेनजी आन्दोलनसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारेका छन् । उता, विप्लवले पनि ठ्याक्कै यही लाइन समातेका छन् । “सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ,” विप्लवले भनेका छन् । चुनावका लागि विश्वसनीय वातावरण बनाउन सर्वपक्षीय सरकार आवश्यक रहेको दुवैको एकैस्वरको आग्रह छ ।

तर, पर्दा पछाडिको कथा के ?

स्रोतहरूका अनुसार ओली र विप्लवबीच गोप्य भेटघाटहरू भइरहेका छन् । जेनजी आन्दोलनको क्रममा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उत्पन्न राजनीतिक शून्यतामा दुवै नेता एकअर्कासँग नजिकिएका हुन् । 

ओलीले राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँगको भेटमा सर्वपक्षीय सरकारको प्रस्ताव राख्दा विप्लवको टिमसँग पनि छलफल भएको विश्वसनीय स्रोतले बताएको छ ।

ओलीको पुरानो अडान( प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना, संविधान संशोधन र संसद् सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री बन्न सक्ने व्यवस्था) यी सबै विप्लवको 'क्रान्तिकारी' लाइनसँग मेल खाने किसिमका छन् । 

गत २३–२४ भदौको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको छ, जसलाई फागुन २१ मा चुनाव गराउने म्यान्डेट छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एकताको संकेत ? 

प्रधानमन्त्री कार्कीले बुधबार जेनजी, दलहरू र सरकारबीच त्रिपक्षीय छलफल गर्दैछिन् । तर, यो छलफल सर्वपक्षीय सरकारको बहानामा ओली–विप्लव मिलनको 'ड्रेस रिहर्सल' मात्र हुनसक्छ ।

कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने पुरानो सपना बोकेका यी दुई नेताबीच पार्टी एकता वा चुनावी गठबन्धनको खाका बन्दैछ भन्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।

के यो सहमति केवल चुनावी सरकारको लागि हो, वा कम्युनिस्टहरूको नयाँ एकताको सुरुवात ? आउँदा दिनले थप प्रष्ट्याउला ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.