शनिबार, श्रावण ९,२०८३ 11:30:56
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:30:56
Bizshala
Global IME Bank Limited

२१ दिनपछि घर फर्किए ओली, शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज

२१ दिनपछि घर फर्किए ओली, शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज
New Office

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २१ दिनपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत रहेका ओली शनिबार साँझ भक्तपुरको गुण्डुस्थित निवास पुगेका हुन्।

ओलीलाई गत चैत १४ गते प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको थियो। जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि पक्राउ गरिएका उनलाई सोही दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। प्रारम्भिक जाँचपछि स्वास्थ्य समस्या देखिएपछि उनी अस्पतालमै भर्ना भएका थिए।

अस्पतालमा रहँदासमेत प्रहरी निगरानीमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको थियो। त्यसबीच उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेपछि अदालतले हिरासत लम्ब्याउन नपाइने आदेश दिएको थियो। सोही आदेशअनुसार चैत २६ गते उनलाई हाजिरी जमानीमा रिहा गरिएको थियो।

रिहा भए पनि स्वास्थ्य अवस्था सामान्य नभएकाले ओली अस्पतालमै उपचाररत रहेका थिए। यसैबीच चैत ३० गते उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि केही दिन चिकित्सकको निगरानीमा राखिएपछि स्वास्थ्यमा सुधार देखिएकाले शनिबार अस्पतालले डिस्चार्ज दिएको हो।

ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक भने अदालतको आदेशपछि चैत २६ गते नै घर फर्किएका थिए। ओलीको भने स्वास्थ्य जटिलताका कारण थप उपचार आवश्यक परेकाले उनी अस्पतालमै बस्नुपरेको थियो।

सरकारले जेनजी आन्दोलनबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा दुवै नेताविरुद्ध अनुसन्धान अघि बढाएको थियो। सो प्रतिवेदनमा आन्दोलनका क्रममा भएको घटनामा सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाउँदै कारबाही सिफारिस गरिएको थियो।

हाल शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएपछि ओली घर फर्किएका छन्। चिकित्सकले केही समय आराम गर्न सुझाव दिएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.