आईतवार, भाद्र १,२०८२ 08:20:51
IME remit
  • आईतवार, भाद्र १,२०८२ 08:20:51
IME remit
Global IME Bank Limited

रवि लामिछानेलाई हत्कडी लगाएर अमेरिका उड्ने प्रम ओलीको योजना !

Hyundai Nepal
रवि लामिछानेलाई हत्कडी लगाएर अमेरिका उड्ने प्रम ओलीको योजना !
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री तथा गठबन्धन सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने लगभग निश्चित झै देखिएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सत्तारुढ गठबन्धनका प्रमुख दलका प्रमुखहरुबीच संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषदबाट स्वीकृत गराई दोषी देखिएकाहरुमाथि आवश्यक कारबाही अगाडि बढाउने बुधबार दिउँसो सहमति भएको थियो ।  

सोही सहमतिअनुसार बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गरेको छ ।

विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । 

उनकाअनुसार संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्षसहित पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेसहित जीबी राई, कुमार रम्तेल र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेपछि सिफारिसबमोजिम नै रवि लामिछानेमाथि समेत कारबाही हुनेछ ।  

सम्भवतः एकदुई दिनमै रास्वपा सभापति लामिछाने पक्राउ पर्न सक्नेछन् ।  

'प्रधानमन्त्रीले आफ्नो अमेरिका भ्रमणअघि नै संसदीय समितिको प्रतिवेदन कार्यान्वयन भएको हेर्न चाहनुभएजस्तो देखिन्छ ।' ती मन्त्रीले बिजशालासँग भने-'लामिछानेलाई हिरासतमा लिई कारबाही अगाडि बढाउने विषयमा प्रधानमन्त्री दृढ देखिनुहुन्छ । ' 

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल ४ असोजमा अमेरिका जाने कार्यक्रम छ । ओली ८ असोजमा अमेरिकाको न्यूयोर्कमा सुरु हुने राष्ट्रसंघको महासभाको उद्घाटन समारोहमा सहभागी हुने बताइएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.