आईपीओ बजारमा सर्जिकल स्ट्राइकको संकेत, अब गुणस्तर अनिवार्य
काठमाण्डौ । पछिल्लो समय जलविद्युत कम्पनीहरूको आईपीओ निष्कासनमा देखिएको असन्तुलित प्रवृत्तिप्रति सरकार गम्भीर बन्दै गएको संकेत देखिएको छ। झण्डै दुईतिहाई बहुमतको सरकार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आईपीओ निश्कासनमा मौलाएको विकृति नियन्त्रणको संकेत दिएका हुन् ।

