Bizshala
  • मंगलवार, पुष १५,२०८२ 05:45:21
Bizshala
Global IME Bank Limited

रास्वपा फूटको संघारमा, महामन्त्रीलाई बर्खास्त गर्ने तयारी

Hyundai Nepal
रास्वपा फूटको संघारमा, महामन्त्रीलाई बर्खास्त गर्ने तयारी
Shivam Cement

काठमाण्डौ । युवा मतदाताको रोजाई बन्न थालेको र सर्वसाधारणमा आशाको सञ्चार गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत फूटको संघारमा पुगेको छ ।  

सरकारमा सहभागी हुँदा भागबण्डाको पुरानै शैली र अवसरवादमा फसेको आरोप खेपेको रास्वपा फूटको संघारमा पुगेको स्रोतहरुले दाबी गरेका छन् । 

CG Motors
Bizshala
Garima Development Bank

रास्वपामा फूटसम्म ल्याउने तयारी गरेको सूइँको पाएपछि सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेको जोडबलमा महामन्त्री डा. मुकुल ढकाललाई आजै पदबाट बर्खास्त गर्ने तयारी गरिएको छ ।  

रास्वपाले ढकालमाथि पार्टी अनुशासनभन्दा बाहिर रहेर बोलेको र सोही कारण पार्टीको इमेज जनमानसमा खराब बनाएको आरोप लगाउँदै आएको छ । यही आरोपको आधारमा टेकेर रास्वपाले ढकाललाई कारबाही गर्न लागेको हो । यसैका लागि अहिले सो पार्टीका शीर्ष नेताहरुबीच छलफल चलिरहेको बताइएको छ ।  

रास्वपाको आजको बैठकमा आफूलाई बोल्न बन्देज लगाइएको विरोधस्वरु डा. ढकाल मुखमा टेप बाधेर सांकेतिक विरोधसहित उपस्थित भएका थिए ।  

त्यसपछि पनि निरन्तर बसेको बैठकमा आफूलाई नचाहिँदो विषयमा पेल्न खोजिएको भन्दै डा. ढकाल बाहिरिएका थिए । बैठकबाट बाहिरिँदै गर्दा उनले सञ्चारकर्मीहरुसँग पार्टी सभापति रवि लामिछानेको अवसरवादी कार्यशैलीको कडा आलोचना गरेका थिए । पार्टीभित्रको आन्तरिक लोकतन्त्र नामेट हुँदै गएको, वाक स्वतन्त्रता नरहेको र पार्टी सभापति प्रहरी संगठनमा गैरजिम्मेवार ढंगले हस्तक्षेप गर्ने गरेका भन्दै कडा आलोचना गरेका थिए ।  

पार्टी सभापतिविरुद्ध एकपछि अर्को विष बमन गरेपछि शीर्ष नेताहरु थप आक्रोशित बनेका देखिएको छ । यिनै कारण महामन्त्री ढकाललाई कारबाही गर्ने तयारी पार्टीले गरेको हो ।  

डा. ढकाल निकट स्रोतका अनुसार पार्टीले बर्खास्तीको कारबाही गरे उनले केही केन्द्रीय सदस्यसहित नयाँ पार्टी गठन गर्नेछन् । योसँगै रास्वपा समेत पुराना दलहरुकै शैलीमा फूट्नेछ। 

New Office
Laxmi Sunrise Bank Limited
IME remit
रास्वपा महामन्त्री डा. मुकुल ढकाल । 
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.