बुधबार, आश्विन २१,२०८३ 03:21:26
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 03:21:26
Bizshala
Global IME Bank Limited

अर्थमा स्वर्णिमले बाजी मारे, गृहमा सुधन, परराष्ट्रमा शिशिर जाने, सोविता गौतम कानूनमन्त्री बन्दा डीपीलाई सभामुख

Bizshala
अर्थमा स्वर्णिमले बाजी मारे, गृहमा सुधन, परराष्ट्रमा शिशिर जाने, सोविता गौतम कानूनमन्त्री बन्दा डीपीलाई सभामुख
New Office

काठमाण्डौ । रवि लामिछाने र बालेन शाहबीच सुधन गुरुङलाई गृहमन्त्री बनाउने विषयमा सहमति भएको दाबी गरिएको छ ।  

रास्वपास्थित एक उच्च स्रोतका अनुसार बिहानैदेखि लामिछाने र शाहले मन्त्रीहरुको नाम फाइनल गर्ने प्रयासलाई तीव्र बनाएका छन् । उनीहरु काठमाण्डौको एक होटलमा निरन्तर छलफलमा छन् । सो क्रममा बालेन शाहको प्रस्तावअनुसार सुधन गुरुङलाई गृहमन्त्री बनाउन लामिछाने लगभग तयार भएका स्रोतले दाबी गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि रास्वपाकै उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउने प्रयास भएको थियो । तर, बालेनले जेनजी आन्दोलनका मुख्य अभियन्ता तथा आफू र रविलाई मिलाउनका लागि सूत्रधारको भूमिका खेलेका सुधनलाई गृहमन्त्रालय बनाउन खोजेका हुन् । यसअघि बालेनले सुनिल लम्साललाई गृहमन्त्रीको रुपमा अगाडि सारेका थिए । तर, लम्सालले आफूले गृहमन्त्रालय चलाउन नसक्ने बताएपछि विकल्पको रुपमा बालेनकै तर्फबाट सुधनको नाम अगाडि आएको हो ।  

यसैबीच, बालेनले प्रधानमन्त्रीको सपथ लिएलगत्तै कानूनमन्त्रीको रुपमा सोविता गौतमले पनि सपथ लिनेछिन् । रवि लामिछानेले सोवितालाई टेलिफोन गरी कानूनमन्त्रीका लागि तयार रहन भनेका छन् । यसअघि गौतमलाई स्वास्थ्यमन्त्री बनाउन खोजिएको थियो ।  कतिपय नेताहरुले गौतम सभामुख बन्नसक्ने सम्भावना पनि व्यक्त गरेका थिए । 

उता, गृहमन्त्री नपाएका उपसभापति डीपी अर्याललाई सभामुख बनाउने सहमति भएको स्रोतको भनाई छ ।  

यस्तै, शीर्ष नेतृत्वबीच अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनाललाई पठाउने सहमति भएको समेत स्रोतले जनाएको छ ।  

हिजो बेलुकाको छलफलमा भने बालेन शाहले अर्थमन्त्रीको रुपमा उनी निकट अर्थविद डा. कृष्णहरि बुढाथोकीको नाम अगाडि सारेका थिए । छलफलका क्रममा स्वर्णिमलाई चुनावअघि नै भावी अर्थमन्त्रीको रुपमा घोषणा गरिसकिएकोले लास्ट आवरमा अर्को पात्रलाई अगाडि सार्न नहुने लाइनमा छलफल भएको थियो । यस्तै, बालेनले आफूले भनेको पात्र सुधनलाई गृहमन्त्री बनाउन रवि तयार भएपछि अर्थमन्त्रीको रुपमा डा. स्वर्णिम वाग्लेको नाममा उनले सहमति जनाएका स्रोतहरुले दाबी गरेका छन् ।  

अरु मन्त्रीहरुको नाम पनि फाइनल हुने चरणमा रहेको बताइएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.