सिंहदरबारअगाडि ठेलमठेलमा परेपछि सेयर लगानीकर्ता रास्वपा कार्यालयतर्फ मोडिए, आजैबाट धर्ना
काठमाण्डौ । सेयर बजारमा प्यानिक अवस्था देखिएर सर्वसाधारण लगानीकर्ताहरुले हजारौं करोड सम्पत्ति गुमाउने अवस्था सिर्जना भएपछि भावी रणनीति बनाउन भेला भएकाहरुले आफूहरुमाथि सुरक्षाकर्मीले ठेलमठेल गरेको आरोप लगाएका छन् । सिंहदरबारको दक्षिणी गेटमा आइतबार ३ बजेपछि भेला हुँदै गरेका लगानीकर्ताहरुलाई सुरक्षाकर्मीले ठूलो संख्यामा त्यहाँ जम्मा हुन पाइन्न भन्दै ठेलमठेल गर्दै...

