बिहीबार, चैत्र ५,२०८२ 05:43:56
Bizshala
  • बिहीबार, चैत्र ५,२०८२ 05:43:56
Bizshala
Global IME Bank Limited

सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह, 'नयाँ सरकार गठनपछि बजारले दिगो लय समात्छ'

Hyundai Nepal
सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह, 'नयाँ सरकार गठनपछि बजारले दिगो लय समात्छ'
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज-नेप्से)मा उछाल आएको छ ।  

उच्च अंकले बढेको  नेप्सेमा कारोबारमा समेत उस्तै उछाल देखिएको छ । सूचक-इण्डेक्स) र कारोबार-टर्नओभर) समानान्तर ढंगले बढ्न थालेको देखिन्छ, जुन बजारको दिगो बढोत्तरीका लागि सकारात्मक पक्ष हो ।  

नेप्से परिसूचक बजार खुलेदेखि नै उकालो लाग्न सुरु गरेको थियो । सूचकसँगै कारोबार रकममा पनि सुरुवातदेखि नै उछाल देखिएको थियो ।  

नेप्से परिसूचक २ः२८ बजे २८८२ अंक माथि पुगे पनि बन्द हुने बेलामा केही करेक्सन भई ६४.६७ अंकको उछालसहित २८७७ अंकमा समेटिएको हो ।  

यो दिन बजारमा २१ अर्ब २२ करोड बढीको सेयर किनबेच भएको छ । २६३ कम्पनीको सेयर कारोबारमा आएकोमा २४० वटाको मूल्य बढेको छ भने २२ वटाको घट्दा २ वटाको मूल्य स्थिर देखिएको छ । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यो दिन बजारमा कुल १ लाख ९१ हजार २५१ वटा कारोबार भएका छन् ।  ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर किनबेच भयो ।  

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको भनाईमा दुई तिहाई बहुमत नजिक जनमतप्राप्त सरकार गठन हुनै लाग्दा बजारमा नयाँ तरंग थपिएको छ । विशेषगरी नीतिमा हुने अस्थिरता अब हट्ने देखिएपछि लगानीकर्ताहरुमा मनोबल उच्च भएको उल्लेख गर्दै उनले भने -'यसअघि सेयरबजार आफ्नै गतिमा थियो । राजनीतिक विषयले सेयरबजारलाई प्रत्यक्ष असर पार्ने हुँदा अस्थिर राजनीतिका कारण नेप्से तल्लो विन्दुमा पुगेको थियो, त्यसमाथि जेनजी आन्दोलनले बजारलाई झनै प्रतिकुल असर नै पारेको थियो । अब नयाँ सरकार बन्नका लागि आजदेखि निर्वाचन आयोगले बाटो खुलाईदिएको छ, जसकारण लगानीकर्ताहरु उत्साहित छन् । यतिबेला लगानीका अन्य सेक्टरहरु खासै नचलेका कारण सेयरबजार नै लगानीको लागि उपयुक्त क्षेत्र पनि भएको छ । जसकारण पछिल्लो केही दिनयता सेयरबजारमा उच्च कारोबार भएको देख्न सकिन्छ ।'  

उनले बैंकहरुमा पैसा प्रशस्त भएका कारण त्यो पैसा पनि बिस्तारै बजारमै आउन थालेको दाबी गरे । अब नयाँ सरकार गठन भएपछि बजारले पूर्ण रुपमा लय लिनसक्ने उनको विश्लेषण छ ।  

कुन समूह कति बढ्यो ?

यो दिन सेन्सेटिभ इण्डेक्स २.४० प्रतिशत, फ्लोट इण्डेक्स २.५० तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.५१ प्रतिशतले वृद्धि भएको छ । 

सबैभन्दा बढी विकास बैंक समूहमा बढोत्तरी देखिएको छ । यो समूहको सूचक करिब ४ प्रतिशतले बढेको छ ।  

यस्तै, वाणिज्य बैंकहरुको सूचक समेत ३.१६ प्रतिशतले वृद्धि भएको छ ।  

जीवन बीमा समूहको सूचक करिब ३ प्रतिशतले बढ्दा जलविद्युत समूहमा २.२९ प्रतिशतको बढोत्तरी देखिएको छ ।  

बजारमा आज वित्त समूह, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य समूहको सूचक २ प्रतिशत हाराहारीले वृद्धि भएका छन् ।  

माइक्रोफाइनान्समा १.२४ प्रतिशत, म्युचुअल फण्डमा ०.०४ प्रतिशत र व्यापार समूहमा ०.१६ प्रतिशतको वृद्धि देखिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनी

यो दिन धेरै कारोबार गर्ने मुख्य ५ कम्पनीको सूचि जलविद्युत समूहले कब्जा गरेको छ । सबैभन्दा बढी ङादी ग्रुप पावर लिमीटेडले ६७ करोड बढीको कारोबार गरेको छ ।  

त्यसपछि क्रमशः नेशनल हाइडोपावर कम्पनीले ६६ करोड ९० लाख, रिडी पावरले ६२ करोड ६० लाख, आँखखोला जलविद्युत कम्पनीले ५९ करोड ५७ लाख र अपर तामाकोशीले ५९ करोड ३३ लाख बढीको कारोबार गरेका छन् ।  

यो दिन कुमारी बैंकको साढे ५४ करोड हाराहारीको सेयर किनबेच भएको छ भने अपी पावरले ५३ करोड ३८ लाख, अरुण काबेली पावरले ५३ करोड, हिमाल दोलखा हाइडोपावरले ४७ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ४७ करोड बढीको कारोबार गरेका छन् ।  

धेरै कमाउने र गुमाउने कम्पनी

यो दिन धेरै मूल्य बढेका मुख्य १० कम्पनीको सूचि मिश्रित बनेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिंग मिल्स, सोलु हाइडोपावर र होटल फरेस्ट इन लिमीटेडको सेयरमूल्यमा अपर सर्किट लागेको छ । यी ५ कम्पनीमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक मात्र पुरानो कम्पनी हो, बाँक ४ कम्पनी हालसालै दोश्रो बजारमा सूचिकृत भएका हुन् ।  

यो दिन साञ्जेन जलविद्युत कम्पनीको मूल्यमा ८ प्रतिशतको बढोत्तरी भएको छ भने अपर तामाकोशीको मूलय ७.५३ प्रतिशत, एनआईसी एशिया बैंकको मूल्य ६.०९ प्रतिशत, सिटिजन्स बैंकको मूल्य ५.८३ प्रतिशत र माछापुच्छ्र बैंकको मूल्य ५.५८ प्रतिशतले वृद्धि भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.