रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ। बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बोलाइएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए ।बाढी तथा विपद्का कारण विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिपछि प्रभावित क्षेत्रमा जारी खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी...

