आईतवार, श्रावण १०,२०८३ 03:51:20
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:51:20
Bizshala
Global IME Bank Limited

रवि, बालेन र कुलमान एउटै पार्टी बनाउने सहमतिमा, औपचारिक घोषणा शनिबार

रवि, बालेन र कुलमान एउटै पार्टी बनाउने सहमतिमा, औपचारिक घोषणा शनिबार
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ नयाँ राजनीतिक शक्ति निर्माणका लागि एउटै पार्टी गठन गर्ने सहमतिमा पुगेका छन्। पुराना राजनीतिक दलहरूलाई वैकल्पिक शक्ति दिने उद्देश्यसहित भइरहेको छलफल अन्तिम चरणमा पुगेको जनाइएको छ।

आज वा भोलिसम्म यससम्बन्धी औपचारिक निर्णय सार्वजनिक हुने समेत जनाइएको छ। हिजो राति काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच करिब डेढ बजेसम्म विस्तृत छलफल भएको थियो। उक्त छलफलमा पार्टी संरचना, राजनीतिक कार्यदिशा र भावी रणनीतिबारे साझा समझदारी बनेको जनाइएको छ । आज तीनै नेताबीच थप छलफल हुने बताइएको छ।

स्रोतका अनुसार एकीकृत पार्टीको अध्यक्ष रवि लामिछाने रहने सहमति भएको छ। पार्टीको चुनाव चिह्न ‘घण्टी’ यथावत् राख्ने निर्णय पनि भएको जनाइएको छ।

नयाँ पार्टी गठनसम्बन्धी औपचारिक घोषणा नजिकिँदै जाँदा नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको सम्भावना देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.