काठमाण्डौको फोहोर फाल्न दिने विषयमा बञ्चरेडाँडाका स्थानीयवासी सहमत
काठमाण्डौ । काठमाण्डौको फोहोर फाल्न दिने विषयमा बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासी सहमत भएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै स्थानीयवासी फोहोर फाल्न दिन सहमत भएका छन् ।विगत ५ दिनदेखि काठमाण्डौको फोहार फाल्न स्थानीयवासीले अवरोध सिर्जना गरेकाले समस्या समाधान गर्न मन्त्री घिसिङ आज बञ्चरेडाँडा गएका थिए ।...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        