काठमाण्डौ । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन् । घिसिङले शपथ ग्रहणपश्चात कार्यभार सम्हाल्दै विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका कम्पनीहरुबाट बक्यौता उठाउने पहिलो निर्णय गरेका हुन् ।
यही विषयमा उनलाई यसअघिको केपी ओलीको सरकारले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको थियो ।
केपी ओली सरकारले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।