काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । घिसिङ सोमबार अपराह्न भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
उक्त सभा कात्तिक १० देखि १३ गतेसम्म भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुँदैछ । सभामा ४० भन्दा बढी देशका मन्त्री सहभागी हुनेछन् । सभामा मन्त्री घिसिङले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाल २०८१ को भदौमा आइएसएमा १०१ औं सदस्य राष्ट्रको रुपमा आबद्ध भएको थियो । मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

