शुक्रबार, आश्विन ३०,२०८३ 01:01:44
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 01:01:44
Bizshala
Global IME Bank Limited

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाएरै छाड्ने कुलमानको संकेत, 'अधुरो काम अहिले पूरा गर्दैछु'

Bizshala
डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाएरै छाड्ने कुलमानको संकेत, 'अधुरो काम अहिले पूरा गर्दैछु'
New Office

काठमाण्डौ । ऊर्जा मन्त्री कुलमान घिसिङले फेरि पुरानो घाउ कोट्याएका छन्-नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम बाँकी उठाउन खोज्दा पदबाटै हटाइएको स्मरण गर्दै उनले भने, “त्यही अधुरो काम अहिले पूरा गर्दैछु।”

२०८१ चैत ११ मा नियमन आयोगलाई पत्र पठाएकै दिन पद गुमाएको पीडा सुनाउँदै घिसिङले शनिबार बिहान सामाजिक सञ्जालमा लेखे, “अहिले पनि बाँकी नतिर्ने केही उद्योगको पक्षमा मिडिया, सामाजिक सञ्जाल र मजदुरमार्फत भावनात्मक दबाब आउँछ, तर म सचेत छु।”

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नियमित बिल तिरे पनि प्रिमियम बाँकी नदिएपछि प्राधिकरणले लाइन काट्न बाध्य भएको उनको जिकिर छ। “अन्याय लाग्छ भने अदालत जानुस्,” उद्योगीहरूलाई चुनौती दिँदै उनले थपे, “यो व्यक्तिगत अहंकार होइन, कानुन पालना र संस्थाको इज्जत जोगाउने इमानदार प्रयास हो।”

उनले आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उनको पूरा सन्देश यस्तो छ:

देश लोडसेडिङको अन्धकारमा डुब्दा केही ठूला उद्योगले डेडिकेटेड/ट्रङ्क लाइन लिए, तर प्रिमियम तिर्न अझै आनाकानी। नियमित बिल तिरे पनि बाँकी नदिएपछि लाइन काटियो। यो नयाँ होइन, चारपटकसम्म प्रयास गर्दा राजनीतिक हस्तक्षेपले रोकियो।

मैले २०८१ चैत ११ मा आयोगलाई पत्र लेखेँ, त्यही दिन पद गयो। आज फेरि त्यही दृढतासाथ उभिएको छु। बाँकी नतिर्नेहरूको पक्षमा मिडिया-सामाजिक सञ्जाल-मजदुरमार्फत दबाब आउँछ, तर म सतर्क छु।

सोचौँ-बाँकी नतिर्ने चलन बस्यो भने भोलि सबैले तिर्न छोडे राज्य कसरी चल्छ? कर नतिर्ने संस्कार फैलियो भने? मेरो आग्रहः जिम्मेवारी बुझौँ, कानुन मानौँ, इमानदार बनौँ।

किस्तामा बाँकी तिर्न सुविधा छ, सबै उद्योगी मित्रहरूलाई अनुरोध। अन्याय लाग्छ भने अदालत जानुस्। म पछि हट्दिनँ। जनादेशको भ्रष्टाचार नियन्त्रण र सुशासन पूरा गर्छु। यो कानुन, संस्था र देशको शुद्धताको लडाइँ हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.