बिहीबार, कार्तिक ८,२०८१ 12:08:54
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 12:08:54
IME remit
Global IME Bank Limited

दशैंविदाकै बेला कुलमानलाई स्याक गर्ने सरकारी योजना, मन्त्रीलाई अघि सारेर सोधियो १५ बुँदे स्पष्टीकरण

Hyundai Nepal
दशैंविदाकै बेला कुलमानलाई स्याक गर्ने सरकारी योजना, मन्त्रीलाई अघि सारेर सोधियो १५ बुँदे स्पष्टीकरण
Nabil Bank Limited

काठमाण्डौ । दशैंको विदा सुरु हुनुभन्दा ठीक अघि उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका छन् ।  

केपी ओली नेतृत्वमा सरकार गठन भएदेखि नै माओवादी समर्थनमा दुईपटक प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमानलाई हटाउने रणनीतिमा सरकार क्रियाशील देखिएको छ । यसअघि समेत उनलाई सरकारले हटाउने प्रयास गरेको थियो, तर जनस्तरबाट आएको विरोध थाम्न नसकेपछि पछि हटेको थियो । अहिले सर्वसाधारण दशैं मूडमा रहेको बेला मौका छोप्दै सरकारले कुलमानलाई हटाउने नीतिअनुसार विभागीय मन्त्रीलाई अगाडि सारेर मंगलबार १५ बुँदे स्पष्टीकरण सोधिएको हो ।

Bizshala
Shivam Cement
CG Motors

 स्पष्टीकरण सोध्दा मन्त्रीस्तरीय निर्णय भनिएको छ । तर स्रोतले भने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कुलमानलाई अधिकारविहीन बनाउने उद्देश्यले स्पष्टीकरण सोधिएको दाबी गरेको छ ।  

ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको भए पनि कोरम नपुगेकाले हुन सकेन । बोर्ड बैठकमा सहभागी हुनेहरु समेत दशैंका लागि पुख्र्यौली थाँतथलोतर्फ हिँडिसकेका छन् । यस्तै समयको मौका उठाएर सरकार कुलमानविरुद्ध अगाडि बढेको देखिन्छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

कुलमानलाई मन्त्रीले सोधेको १५ बुँदे स्पष्टीकरणमा उनको परफरमेन्स, विभिन्न समयका खरीद प्रक्रिया, प्राधिकरणले जनसमर्थन प्राप्त गर्न नक्कली नाफा देखाएको विषयदेखि गुणस्तरीय बिजुली नदिएकोसम्मका आरोप समेटिएको छ ।  

मन्त्रीले सोधेको स्पष्टीकरणमा मागिएको विवरणको सूची यस्तो छः

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.