शुक्रबार, आश्विन २४,२०८२ 03:53:55
IME remit
  • शुक्रबार, आश्विन २४,२०८२ 03:53:55
IME remit
Global IME Bank Limited

रास्वपाको अभियान : संकलन भएको रकमभन्दा खर्च बढी, जुट्यो २४ लाख हस्ताक्षर

Hyundai Nepal
रास्वपाको अभियान : संकलन भएको रकमभन्दा खर्च बढी, जुट्यो २४ लाख हस्ताक्षर
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेका पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा ४६ लाख १२ हजार रूपैयाँ नगद संकलन भएको छ । बिहिबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानका संयोजक दीपक बोहराले यसबारे जानकारी दिएका हुन् ।  

बोहराका अनुसार उक्त अभियानका क्रममा खर्च भएको रकम संकलन भएको भन्दा बढी रहेको छ । उक्त अभियानका क्रममा कुल ५९ लाख ६७ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । यो रकम कुल संकलन भएको रकमको तुलनामा ३ लाख ५४ हजार ४८६ रूपैयाँ बढी हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै यस क्रममा २४ लाख हस्ताक्षर संकलन भएको समेत बोहराले जानकारी दिए ।  

राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा रबि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जेल हालेको बताउँदै उनको पक्षमा जनसमर्थन जुटाउन भन्दै रास्वपाले गत असार ७ गतेदेखि यो अभियानको थालनी गरेको थियो । हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन साउन पाँच गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गर्ने बोहराले बताए । 

Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.