बुधबार, आश्विन १४,२०८३ 02:28:47
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 02:28:47
Bizshala
Global IME Bank Limited

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, देवानगञ्ज घटनाबारे छलफल हुने

Bizshala
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, देवानगञ्ज घटनाबारे छलफल हुने
New Office

काठमाण्डौ । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थिति, सामाजिक सद्भाव र शान्ति सुरक्षाका विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहलमा बुधबार सर्वदलीय बैठक बस्दै छ।

रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बैठक तय गरिएको हो। बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेतृत्वलाई पनि आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभापति लामिछानेले सम्बन्धित दलका नेताहरूलाई औपचारिक पत्राचार गर्नुका साथै व्यक्तिगत रूपमा टेलिफोन सम्पर्क गरेर बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

देवानगञ्जको संवेदनशील र दुःखद घटनापछि सामाजिक सद्भाव कायम राख्ने, शान्ति–सुरक्षा सुदृढ बनाउने तथा द्वेषपूर्ण गतिविधि न्यूनीकरणका लागि राजनीतिक दलहरूले संयुक्त सन्देश दिन आवश्यक ठानिएकाले सर्वदलीय छलफलको आयोजना हुन लागेका जनाइएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.