बुधबार, आश्विन १४,२०८३ 12:05:19
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 12:05:19
Bizshala
Global IME Bank Limited

चैत १२ मा सांसद शपथ, १३ मा प्रधानमन्त्री: सरकार गठनको काउन्टडाउन सुरु

Bizshala
चैत १२ मा सांसद शपथ, १३ मा प्रधानमन्त्री: सरकार गठनको काउन्टडाउन सुरु
New Office

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनाएको छ । बहुमतसहित सशक्त रूपमा उदाएको रास्वपाले चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ गराउनेगरी तयारी अघि बढाएको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ । यसअघि नै पार्टीले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको थियो । सोही निर्णयअनुसार शाहकै नेतृत्वमा सरकार गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

राजधानीस्थित रोयल सिंगी होटलमा बसेको शीर्ष नेताहरूको बैठकले सांसदहरूको शपथपछि तत्कालै प्रधानमन्त्रीको शपथ गराउने निष्कर्ष निकालेको छ । एक शीर्ष नेताका अनुसार चैत १३ गते नै प्रधानमन्त्रीको शपथ कार्यक्रम तय गरिएको छ, यद्यपि अन्य संवैधानिक निकायसँग समन्वय गरेर औपचारिक टुंगो लगाइनेछ ।

संघीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथग्रहण कार्यक्रम तय गरिसकेको छ । उक्त कार्यक्रम सकिएलगत्तै भोलिपल्ट प्रधानमन्त्री नियुक्ति तथा शपथको प्रक्रिया अघि बढाइनेछ । रास्वपाले सोही दिन मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरेको जनाइएको छ, तर मन्त्रीहरूको संख्या र नामावली भने अझै टुंगो लागेको छैन ।

रास्वपाका नेताहरूका अनुसार नयाँ सरकार गठनसँगै प्रशासनिक र नीतिगत प्राथमिकताहरू छिट्टै सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ । दुईतिहाइ नजिकको जनादेश पाएको पार्टीले एकल सरकार गठन गर्दै स्थिर सरकार दिने दाबी गरेको छ ।

यसैबीच, संघीय संसद्को अधिवेशन चैत १६ गतेबाट आह्वान गर्ने तयारीसमेत अघि बढाइएको छ । सर्वदलीय बैठकमार्फत संसद् सचिवालयले यसबारे दलहरूलाई जानकारी गराइसकेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.