शुक्रबार, श्रावण ८,२०८३ 08:37:46
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 08:37:46
Bizshala
Global IME Bank Limited

रास्वपा सभापति रवि लामिछानेले डाके सर्वदलीय बैठक

रास्वपा सभापति रवि लामिछानेले डाके सर्वदलीय बैठक
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ। रास्वपाका सभापति रवि लामिछानेको पहलमा सोमबार बिहान ९ बजे सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बैठक बस्ने तय भएको हो।

बैठकमा संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सहभागी हुन अनुरोध गरिएको छ।

छलफललाई प्रभावकारी र निर्णयमुखी बनाउन प्रत्येक दलबाट अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ। बैठकमा संसद्को वर्तमान भूमिका, राजनीतिक दलहरूबीचको सहकार्य, राष्ट्रिय महत्वका विषय तथा समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित छलफल हुने जनाइएको छ।

रास्वपाले पछिल्लो समय देखिएको राजनीतिक असमझदारी र संवादहीनता अन्त्य गर्न दलहरूबीच प्रत्यक्ष संवाद आवश्यक रहेको निष्कर्षसहित यो पहल अघि बढाएको बताएको छ। संसदमा प्रतिनिधित्व गर्ने सबै शक्ति एकै स्थानमा बसेर राष्ट्रिय मुद्दामा छलफल गर्दा साझा समझदारी निर्माण र राजनीतिक गतिरोध समाधानका लागि सकारात्मक वातावरण बन्न सक्ने जनाइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.