काठमाण्डौ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउन आदेश जारी गरेको छ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै रिट निवेदक युवराज पौडेलको मागबमोजिम विपक्षीहरूलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। अदालतले रवि लामिछानेलाई आफैं वा कानुनी प्रतिनिधिमार्फत जवाफ बुझाउन समेत भनेको छ।
अन्तरिम आदेश जारी नगरी दुवै पक्षको कुरा सुन्न आवश्यक रहेको भन्दै अदालतले छलफलको मिति माघ ८ गते तोकेको छ। छलफलमा अभियोगपत्र संशोधनसम्बन्धी लामिछानेको निवेदन, पेश प्रमाण र महान्यायाधिवक्ताको निर्णयसहितको फाइल अदालतमा पेस गर्न पनि आदेश दिइएको छ।

