काठमाण्डौ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई अनुसन्धानका लागि थप १३ दिन म्याद थपिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीलाई लामिछानेसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
अदालतले लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।
लामिछानेलाई कात्तिक २ मा पक्राउ गरेर कास्की ल्याइएको थियो।