मंगलवार, आश्विन २७,२०८३ 01:32:46
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:32:46
Bizshala
Global IME Bank Limited

तीन मन्त्रीको सपथसँगै नयाँ सत्ता गठबन्धनको यात्रा सुरु, अर्थमन्त्रीमा अझै हानाथाप

Bizshala
तीन मन्त्रीको सपथसँगै नयाँ सत्ता गठबन्धनको यात्रा सुरु, अर्थमन्त्रीमा अझै हानाथाप
New Office

काठमाण्डौ । एकाएक आएको आँधीहुरीले अन्ततः कांग्रेस नेतृत्वको सत्ता गठबन्धन ढालिदिएको छ ।  

योसँगै प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमालेको पुनः सत्तारोहण सुरु भएको छ । एमाले, माओवादी, रास्वपा र जसपासहितको दलहरुले आजै नयाँ गठबन्धन बनाएका छन् र सहमतिमा तीन नयाँ मन्त्रीको सपथसँगै मन्त्रीपरिषद पनि आजै पुनर्गठन भएको छ ।  

प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा सोमबार नेकपा एमालेका प्रमुख सचेत पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्याल(डीपी)लाई बिना विभागीय मन्त्रीको सपथ गराएका छन् । योसँगै नयाँ गठबन्धनले औपचारिकता पाएको छ भने पुरानो गठबन्धनको औपचारिक रुपमै समूल नष्ट भएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

मन्त्रालय भागबण्डाको विषयमा ठोस सहमति हुन नसकेका कारण सपथ गराइएका तीन मन्त्रीको मन्त्रालय नतोकिएको हो । यहीकारण प्रधानमन्त्री प्रचण्डले २२ वटै मन्त्रालयको मन्त्रीको जिम्मेवारी समेत लिएका छन् ।  

आज बिहानसम्ममा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानसहितको मन्त्री बन्ने भनिए पनि मन्त्रालय भागबण्डामा कुरा नमिल्दा थप तीनजनाको मात्र सपथ भएको हो ।  

मुख्य गरी गृहमन्त्रालय र अर्थमन्त्रालय कुन दलले लिने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।  

एमालेले अर्थसहित उपप्रधानमन्त्रीको रुपमा विष्णु पौडेललाई सरकारमा पठाउने निर्णय गरेको छ भने प्रधानमन्त्री दाहालले अर्थमन्त्रालय आफ्नै दलले राख्ने हठ गरिरहेका छन् । उनी अर्थमन्त्रीको रुपमा आफ्ना विश्वासपात्र वर्षमान पुनलाई अगाडि बढाउन चाहन्छन् ।  

उता, अर्थ नपाएको अवस्थामा गृह आफूले पाउनुपर्ने एमालेको अडानमा रास्वपाको हठ अवरोध बनिदिएको छ । रास्वपाका सभापति रवि लामिछाने गृहसहित पुनः उपप्रधानमन्त्रीको रुपमा सरकारमा सहभागी हुन चाहन्छन् ।  

दुई महत्वपूर्ण मन्त्रालय कसले पाउने भन्ने विषय केही पेचिलो बने पनि भोलिसम्म सहमति भइसक्ने एमालेका एक सचिवालय सदस्यले जानकारी दिए । उनका अनुसार माओवादीले अर्थमन्त्रालय एमालेलाई र गृहमन्त्रालय रास्वपालाई छाड्नुपर्ने अवस्था आउनसक्ने सम्भावना बढ्दो छ ।  

जसपाका उपेन्द्र यादवले भने परराष्ट्र मन्त्रालयमा दाबी पेश गरेका छन् । उनलाई अन्य कुनै मन्त्रालय दिएर फकाउन सकिन्छ कि भन्ने प्रयासमा ठूला दलका नेताहरु लागेका छन् ।  

हाल चार दलीय गठबन्धन मात्र बनेको र अन्य साना दलहरुलाई समेत समेटेर मन्त्रीपरिषद विस्तार गर्नुपर्ने भएकोले केही समय लाग्ने नेताहरुले बताएका छन् ।  

अहिलेको गठबन्धनका प्रमुख घटकहरु सकेसम्म राप्रपाबाहेकका सबै साना दललाई समेट्ने पक्षमा देखिएका छन् । यसले समेत मन्त्रीपरिषदले पूर्णता पाउन केही दिन समय लाग्ने देखिएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X