बिहीबार, बैशाख ३,२०८३ 07:27:09
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 07:27:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रविको प्रतिक्रिया-'तपाईको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी ?'

Bizshala
रविको प्रतिक्रिया-'तपाईको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी ?'
Shivam Cement

काठमाण्डौ । सहकारी ठगी तथा संगठित अपराधविरुद्ध पक्राउ पूँर्जी जारी भएपछि पूर्व गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले फेसबुक स्टाटस लेख्दै सरकारी कदमको विरोध गरेका छन् ।  

उनले सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो भन्दै स्टाटस लेखेका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

'तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हत्कडी ?तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने ?' राष्टिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले लेखेका छन्त-'पाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने ।'

उनले लेखेको स्टाटस जस्ताको त्यस्तै :

CG Motors
Garima Development Bank
IME remit

सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !!

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ??

तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने ?

तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने ।

तिमीहरू राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बलि चड्नुपर्ने ?

तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनुपर्ने ?

यति गरेपछि भाटभटेनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिंड्न परेन। तर म कहिले भागेर हिंडिनँ र हिंड्दिनँ पनि। ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो। वाचा स्वरुप तपाईंले मेरो बलि चडाउने सम्झौता त्यसै रात गर्नुभएको थियो। यो मलाई राम्रोसँग थाहा छ। तपाईंको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईंहरूका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईंहरू तिनलाई जोगाउन लागिपर्नुभएको छ। अब तपाईंहरूबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं।

ठिक छ, म तपाईहरूको दिनगन्ती सुरु भएको खुशीयालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । सुरूवात तिमीहरुले गर्‍यौ, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।

अहिलेलाई, सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.