मंगलवार, आश्विन २७,२०८३ 01:29:19
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:29:19
Bizshala
Global IME Bank Limited

नयाँ गठबन्धन बनाउने दलहरुबीच सहमति, प्रमकै सल्लाहकारले गरे यस्तो खुलासा

Bizshala
नयाँ गठबन्धन बनाउने दलहरुबीच सहमति, प्रमकै सल्लाहकारले गरे यस्तो खुलासा
New Office

काठमाण्डौ । संघीय संसदको प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्ता गठबन्धनलाई नेतृत्व गरिरहेको माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुबीच नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने सहमति भएको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतहरुका अनुसार हिजो बिहानदेखि चलेका विभिन्न चरणका छलफलको परिणाम मध्यराति नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने सहमति बनेको हो ।  

योसँगै अब अहिलेको सरकार विघटन हुनेछ भने एमाले र रास्वपासहितको सहभागितामा नयाँ सरकार गठन हुनेछ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संक्रमणकालीन न्याय र राष्ट्रियसभाको अध्यक्षमा मिलेर जाने सहमति भएको पुष्टि गरेका छन् । एमाले, रास्वपा र उपेन्द्र यादव नेतृत्वको जसपाबीच मिलेर जाने सहमति बनेको उनको भनाई छ । राष्ट्रियसभा अध्यक्षमा एमाले, रास्वपा र जसपासँग मिलेर जाने सहमति भएसँगै यसैले अहिलेको गठबन्धन फुटाउने देखिन्छ ।  

बालकोटस्थित उच्च स्रोतहरुका अनुसार अन्तिम अवस्थामा यदि प्रचण्डले धोकाधडी गरेनन् भने आइतबार मध्यराति नयाँ गठबन्धन बनाउने र कसले के लिने भन्नेसम्मको सहमति बनिसकेको छ । सम्भवतः सोमबार नै यो विषयमा दलहरुबीच लिखित सहमति हुनेछ ।  

एमाले लगायतका दलहरुसँग सहमति भएसँगै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउन सोमबार बिहान कानून समितिको बैठक बोलाइएको छ । त्यसबाट सो विधेयकको मस्यौदा पारित गर्ने योजना छ ।  

कतिपयले भने अझै पनि प्रचण्डको भूमिकामाथि प्रश्न गर्दै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउन उनले राजनीतिको गोटी चालेका दाबी गरिरहेका छन् । एमाले लगायतका दलहरुलाई सत्ताको चारो फ्याकेर उनले विधेयकलाई टुंगोमा पुर्याउन खोजेका र सत्ता गठबन्धनमा परिरहेको अप्ठ्यारोको गाँठो फुकाउन खोजेकाको रुपमा पनि हेरेका छन् ।  

तर, एमाले स्रोतले भने माओवादीसँग पार्टी एकता गरेरै अगाडि बढ्नेसम्मको सहमति भएको दाबी गरेको छ । प्रचण्डलाई पूरा कार्यकालभरि नै प्रधानमन्त्री बन्न दिने, एकीकृत पार्टीको नेतृत्व केपी ओलीले गर्ने, उपप्रधानसहित गृहमन्त्रीमा रवि लामिछानेलाई ल्याउने, एमालेबाट हालका लागि विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागिता गराउने लगायतसम्मको सहमति बनेको स्रोतको दाबी छ ।  

दलहरुबीच नयाँ गठबन्धन बन्ने सहमति भएसँगै सोमबार बिहान ८ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित गरिएको छ । यसले समेत राजनीतिमा नयाँ परिवर्तन हुन लागेको प्रष्ट संकेत गरेको छ । 

यही बेला एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा सो पार्टीको सचिवालय बैठक बसिरहेको छ ।  

केही घण्टापछि नेपालको राजनीतिमा मडारिएको अन्यौलको बादल फाट्ने निश्चित झै देखिन्छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X