शनिबार, श्रावण ९,२०८३ 11:24:18
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:24:18
Bizshala
Global IME Bank Limited

ओलीले भने, “ममाथि गृहमन्त्रीको व्यक्तिगत दुस्मनी”: बालकोटस्थित जलेको घरमा चोरी-लुटपाट, मूर्तिसमेत छाडेनन्

ओलीले भने, “ममाथि गृहमन्त्रीको व्यक्तिगत दुस्मनी”: बालकोटस्थित जलेको घरमा चोरी-लुटपाट, मूर्तिसमेत छाडेनन्
New Office

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भक्तपुरको बालकोटस्थित जलेको आफ्नै घर अवलोकन गर्दै गृहमन्त्री ओमप्रकाश आर्यालबाट आफूप्रति व्यक्तिगत दुस्मनी देखिएको आरोप लगाएका छन्।

ओलीले गृहमन्त्रीबाट सञ्चारमाध्यममा दिइएको अन्तर्वार्तामा र घर हेर्ने क्रममा प्राप्त दृश्य र प्रमाणले सरकारी मनोवृत्ति तथा केही अधिकारीको सक्रियता सम्बन्धमा गम्भीर आशंका जाग्ने उल्लेख गरे। उनले भने- “यो तोडफोड, लुटपाटका पक्षमा उहाँहरुको मनोभाव देखिन्छ… ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ।”

अवलोकनपछि ओलीले आफ्नो घरमा भएको क्षति र चोरीबारे पनि विस्तृत विवरण दिएका छन्। उनका भनाइअनुसार बालकोटका घरमा ठूलो–ठूला मूर्ति उठाएर लगिएको, शिव, बुद्ध र सरस्वतीको मूर्ति समेत हराइरहेको, केही टन वजनका ढुंगाका मूर्तिसम्म उठाएर लगिएको र महँगो सामानसहित धेरै कुरा चोरी गरिएको उनले बताए। केही सामान केवल ‘काम नलाग्ने’ ठानिएर आगो लगाइएका र अरु सबै महत्त्वपूर्ण सामग्री लुटिएको भएतापनि केहि सामान पुरै उठाएर लगिएको ओलीको आक्रोश छ।

ओलीले यो घटनालाई लक्षित र योजनाबद्ध आक्रमण भएको ठानेका छन् र पहिलेपनि यस्ता प्रयास गरिएर बाँकी पनि देशभरि कार्यालय र नेताका घरमा आगलागी तथा तोडफोड भएको अवस्था रहेको बताए। उनको भनाइ अनुसार केवल उनको मात्र होइन, देशभरि कार्यालय र नेताका घरमा सहजै नउठाइने किसिमका सामग्रीहरूसमेत उठाएर लगिएको देखिएको छ।

उक्त घटनाप्रति ओलीले सरकारले “थप केही गर्ने” योजना बनाउनसक्ने गम्भीर आशंका व्यक्त गरे र भने कि कतिपयलाई बोलाएर ‘देखाइदिने’ र ‘कारबाहीका लागि दबाब’ सिर्जना गराउने प्रवृत्ति हुनसक्ने आशंका उनले व्यक्त गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.