आईतवार, भाद्र २३,२०८१ 07:39:06
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:39:06
IME remit
Global IME Bank Limited

ओलीलाई प्रम बन्न रोक्ने खेल परिपक्व बन्दै, कोइराला समूह देउवालाई फाल्नेसम्मको योजनामा

Hyundai Nepal
ओलीलाई प्रम बन्न रोक्ने खेल परिपक्व बन्दै, कोइराला समूह देउवालाई फाल्नेसम्मको योजनामा
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय राजनीतिमा फरक परिदृश्यहरु विकास हुने प्रशस्त संकेतहरु  देखिएका छन् । जारी राजनीतिक खेलहरुले प्रतिनिधिसभाका दुई ठूला शक्ति नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति भङ्ग हुने र नाटकीय ट्वीस्टहरु आउनसक्ने जोखिम देखिएको छ ।  

विशेष गरी नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूह एकाएक राजनीतिमा नयाँ ट्वीस्ट ल्याउन सक्रिय देखिएपछि नयाँ घटनाक्रम तथा राजनीतिक समीकरण विकास हुने सम्भावना बढ्न थालेको हो ।  

डा. शेखर कोइराला र डा. सशांक कोइराला समेत नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउने लगायतका सम्झौता लागू गर्न नदिने पक्षमा सक्रिय भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत अप्ठ्यारोमा परेका छन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कोइराला समूह नेपाली कांग्रेसको संसदीय दलको नेताबाट देउवालाई हटाउनेसम्मको योजनामा सक्रिय देखिएको छ । यसका लागि डा. शेखर कोइराला बढी नै सक्रिय देखिएका छन् । यो समूहले सुनियोजित ढंगले संसदीय दलको नेताको रुपमा डा. शेखर कोइरालालाई निर्वाचित गर्ने र एमालेसँगको सहमति भङ्ग गरी माओवादी लगायतका दलहरुको साथ लिएर नयाँ सरकार बनाउने रणनीति बनाएको देखिन्छ ।  

यो योजनामा दक्षिणतर्फको शक्तिको समेत साथ रहेको स्रोत दाबी गर्छ । दक्षिणतर्फको शक्ति कुनै पनि हालतमा अबको प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उदाउन नदिने पक्षमा देखिएको छ । यसका लागि भारतीय पक्षले डा. कोइरालालाई अगाडि सारेको छ ।  

कतिपय स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने त कांग्रेसको शेखर कोइराला समूहलाई चोइट्याएर भए पनि साना शक्तिहरुको सहभागितामा सरकार बनाउने र ओलीलाई रोक्ने योजनामा विभिन्न शक्ति सक्रिय देखिएका छन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र कांग्रेसको देउवा समूहको राजीनामा दिई मार्गप्रशस्त गर्ने आग्रहलाई दुत्कारेर आगामी असार २८ गते संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । असार २८ गते अगाडि नै राष्ट्रिय राजनीतिमा फरक परिदृश्यहरु देखिने अवस्था बनेको हो ।  

कोइराला–प्रचण्ड ‘अर्थपूर्ण भेट’

नेपाली कांग्रेसको पदाधिकारी बैठक र केन्द्रीय कार्यसम्पादन बैठकले एमालेसँगको सहमति कार्यान्वयनमा प्रतिबद्धता सार्वजनिक गरे पनि यो स्पिरिटविपरीत डा. शेखर कोइराला एकाएक सक्रिय देखिएका छन् ।  

यही क्रममा डा. कोइरालाले शनिवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटेका छन् । उनीहरुबीच केही घण्टा छलफल समेत भएको बुझिएको छ ।  

कांग्रेस र एमालेबीच सहमति भई नयाँ परिस्थिति विकास भई राष्ट्रिय राजनीति अगाडि बढेको ठानिएकै बेला डा. कोइरालाले प्रचण्डलाई भेट गर्र्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो कदमलाई कोइराला समूहले प्रचण्डको समेत साथ लिएर ओलीलाई रोक्ने कसरत सुरु गरिएको रुपमा समेत हेर्न थालिएको छ ।

त्यसो त कांग्रेसकै अर्का प्रभावशाली नेता सशांक कोइरालाले एक टेलिभिजन अन्तर्वार्ताको क्रममा संसदका दुई ठूला शक्ति मिलेर सरकार बनाउँदा अधिनायकवाद जन्मिनसक्ने भन्दै यो रोकिनुपर्ने विचार व्यक्त गरेका छन् । उनले अहिलेको अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाउन नहुने र यसले अलोकतान्त्रिक गतिविधिहरु बढ्नसक्ने चिन्ता समेत व्यक्त गरेका छन् । यसले समेत कांग्रेसभित्र विकसित नयाँ कसरततर्फ संकेत गरेको छ ।  

राष्ट्रपति पनि ओली रोक्ने प्रयासमा

उच्च राजनीतिक स्रोतहरुकाअनुसार राष्ट्रपति रामचन्द्र पौडेल पनि केपी ओलीलाई रोक्ने प्रयासमा देखिएका छन् । यही प्रयासस्वरुप अगाडि बढ्न सकिने ‘ग्रिन सिग्नल’ पाएपछि आफूले सत्ता छाड्नै पर्दा पनि केपी ओलीको ठाउँमा कांग्रेस सभापति शेरबहादुर देउवालाई तालाचाबी सुम्पिएर बाहिरिने निश्कर्षमा प्रचण्ड पुगेका स्रोत बताउँछ ।  

प्रचण्ड निकट स्रोतले समेत यही अनुमानसँग मेल खाने दाबी पेश गरेको छ । बिजशालासँग कुरा गर्दै प्रचण्डको सचिवालयमा कार्यरत एक सदस्यले भने–‘संविधानको धारा ७६(२) अनुसार आफू प्रधानमन्त्री  पदमा निर्वाचित भएको र यो धाराअनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६(३) अनुसार सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । यही बुझाईका कारण चाँडै विश्वासको मत लिएर कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने योजनाअनुसार अगाडि बढिएको हो ।’ ती अधिकारीले दाबीका साथ भने–‘हेर्दै गर्नुहोला केपी शर्मा ओली प्रधानमन्त्री बन्दैनन् । तर कांग्रेस एमालेको सहभागितामा नयाँ सरकार बन्ला, बाँकी भागबण्डा पनि उहाँहरुले मिलाएरै देश चलाउनुहोला, त्यो हाम्रो सरोकारको विषय होइन ।’  

सत्ता छाड्दै गर्दा पनि प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिएको रीस एमाले अध्यक्ष केपी ओलीमाथि साँध्न खोजिरहेका राजनीतिक घटनाक्रमहरुले पनि संकेत गरेका छन् ।  

उनले कांग्रेस एमालेबीच सहमति भएदेखि नै संविधानको धारा ७६(२) बमोजिम केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीति लिएका छन् । धारा ७६(३) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरुन् भन्ने प्रचण्डको चाहना छ । यसैकारण पनि उनले संसद फेश गर्ने, राजीनामा नदिने घोषणा गरेका हुन् ।

कांग्रेस एमालेबीचको सहमतिको भोलिपल्ट प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए । त्यहाँ उनले राष्ट्रपतिलाई सरकार गठनको प्रक्रिया धारा ७६(३) मा लगिदिन पौडेललाई आग्रह गरेका बुझिएको छ । त्यसमा पौडेलले समेत ग्रिन सिग्नल दिएका छन् ।

राष्ट्रपति पौडेलको टिम पनि देउवालाई प्रधानमन्त्री बनाउने वातावरण निर्माण गर्न लागिपरेको सूचना आएपछि एमाले अध्यक्ष ओलीलाई कांग्रेस सभापति देउवालाई फोन समेत गरेका एक कांग्रेस नेताले दाबी गरे । ती नेताले भने–‘राष्ट्रपति नै आफूलाई रोक्ने खेलमा लागेका सूचना आएको भन्दै हाम्रा सभापतिलाई फोन आएको रहेछ । हाम्रा सभापतिले राष्ट्रपति ज्यूलाई यस्तो खेलोमेलोमा नलाग्न टेलिफोन गरी सचेत गराइसक्नुभएको छ । संसदमा २ ठूला दल मिलेर तथा अन्य साना दललाई समेत सहभागी गराई राष्ट्रिय सहमतिको सरकार बन्ने प्रयास हुँदा कतैबाट असहयोग हुन्छ जस्तो लाग्दैन ।’  

भारतीय दूत तथा रअका प्रतिनिधिहरुको बाक्लो काठमाण्डौ दिल्ली आवतजावत तथा चलखेलले समेत केही न केही पाकिरहेको प्रतित हुने स्रोतहरु बताउँछन् ।  

‘प्रचण्ड आफैं सहजै गल्ने मान्छे होइन । उनले जाँदा जाँदै पनि केपी ओलीलाई रोक्न खोजेका छन् ।’ स्रोतले भन्यो–‘केपी ओली नै प्रधानमन्त्री बनून् भन्ने चाहन्थे भने अल्पमतमा परिसकेपछि उनले सहजै राजीनामा दिएर मार्गप्रशस्त गरिसक्थे । राजीनामा नदिई संसद फेस गर्छु भन्नु पछाडिको खेल नै ओलीलाई रोक्ने हो।’

यसैबीच, एमाले भने विभिन्न प्रदेश सरकार गठन वा विघटनका क्रममा सर्वोच्च अदालतले जारी गरेको आदेशहरुलाई नजिरको रुपमा लिएर अझै पनि संविधानको धारा ७६(२) अनुसार सरकार बनाउनलाई बाधा नभएको भन्दै सोहीअनुसार राजनीति अगाडि बढ्नेमा ढुुक्क देखिएको छ । माओवादीले नयाँ सरकार गठन प्रक्रियालाई धारा ७६(३) मा लैजान गरेको प्रयास सफल नहुने र ७६(२) अनुसार नै केपी ओली प्रधानमन्त्री बन्नेमा एमाले ढुक्क देखिएको छ ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X