गठबन्धन सरकार पूरा समयसम्म टिक्छ: देउवा
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा कार्यकालसम्म रहने दाबी गरेका छन्।सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समापन गर्दै सभापति देउवाले दुई ठूला दलबीच बनेको गठबन्धनमा कतिपय चुनौतीहरू आउनसक्ने भए पनि त्यसलाई समाधान गर्दै सरकार अघि बढ्ने बताए।