मंगलवार, श्रावण १९,२०८३ 02:50:37
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:50:37
Bizshala
Global IME Bank Limited

एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी, देउवा प्रधानमन्त्री बने मात्र राजीनामा दिने प्रचण्डको अडान

एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी, देउवा प्रधानमन्त्री बने मात्र राजीनामा दिने प्रचण्डको अडान
New Office

काठमाण्डौ । राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न अस्वीकार गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले एमालेबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गर्ने तयारी सुरु गरेका छन्  ।

बालुवाटारस्थित उच्च स्रोतका अनुसार प्रचण्डले एमालेका मन्त्रीहरुले राजीनामा दिनुअघि नै उनीहरुलाई बर्खास्त गर्न चाहेका छन् । 

यही तयारीका लागि नेपाली कांग्रेसको सानेपास्थित मुख्यालयमा आयोजित फोटो प्रदर्शनीमा सहभागी भएर प्रचण्ड सिंहदरबार पुगेका छन् । त्यहीबाट एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गर्ने निर्णय आउने बुझिएको छ ।  

यसैबीच, सानेपा पुगेर समेत प्रचण्डले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्ने तुरुप फालेका छन् । उनले सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गर्न आग्रह गरेका हुन् । 

सानेपा पुग्नुअघि शितल निवास पुगेका प्रचण्डले यथास्थितिमा आफूले तत्काल राजीनामा नदिने, तर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सुनिश्चितता भएको खण्डमा मार्गप्रशस्त गर्ने बताएका स्रोतले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.