बिहीबार, बैशाख ३,२०८३ 04:16:23
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 04:16:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ब्रोकरपिच्छे भेटिन्छ फरक–फरक सम्झौतापत्र, एकरुपता ल्याउन परिपत्र जारी गर्दै नेप्से

Bizshala
ब्रोकरपिच्छे भेटिन्छ फरक–फरक सम्झौतापत्र, एकरुपता ल्याउन परिपत्र जारी गर्दै नेप्से
Shivam Cement

काठमाण्डौ । सेयर बजारमा प्रायः लगानीकर्ताहरुले सम्झौतापत्र पढ्ने गरेको पाइँदैन । पढिहाले ता पनि सही छाप नगरी वा खाता नखोलि कोहि पनि फर्केको पाईदैन । हालसम्म तीन चरण गरेर ब्रोकरहरुलाई लाइसेन्स वितरण गरियो । तर तिनै चरणमा आएका ब्रोकरहरुमा फरक–फरक सम्झौतापत्र भेटिएका छन् ।

यसै विषयमा समाचार बाहिरिए पछि भने नेपाल स्टक एक्सचेञ्जले ब्रोकर र लगानीकर्ताहरुबीच भएको सम्झौतापत्रमा एकरुपता ल्याउने बताएको छ । यहि उद्देश्यले नेप्सेले एक परिपत्र जारी गर्ने भएको छ । हाल ब्रोकरपिच्छे फरक–फरक सम्झौतापत्र भेटिएपछि नेप्सेले सबै ब्रोकरहरुलाई परिपत्र जारी गर्दै एकरुपमा ल्याउन लागेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारी अनुसार हाल विभिन्न ब्रोकरहरुबाट नमुना संकलन गर्ने कार्य भएको छ । अधिकांश नमुनामा पुरानै र फरक–फरक सम्झौतापत्र लगानीकर्ताहरुलाई दिँदै आएको भेटिएको छ । ब्रोकर र लगानीकर्ताबीचको सम्झौता धितोपत्र विनियमावली २०७५ को संसोधित कानून अनुसार हुनुपर्ने पराजुली बताउँछन् । तर ब्रोकरहरुले लगानीकर्तालाई दिएको सम्झौतापत्रमा त्यस्तो भेटिदैन ।  

राजधानीका ठूला ब्रोकरहरुले भने अझै पनि पुरानै सम्झौतापत्र लगानीकर्ताहरुलाई दिदै आईरहेका छन् । अनलाइन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४९) र इम्पेरियल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४५) ले लगानीकर्ताहरुलाई पुरानै सम्झौतापत्र दिएका छन् । यस ब्रोकरले बुँदा नम्बर ३८ मा लेनदेनको विषय उल्लेख गरेता पनि पालना गरेको भने पाइदैन ।  

त्यसैगरि भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४) ले भने बुँदा नम्बर ११ मा ७ वटा बुँदा थपेर सम्झौतापत्र बनाएको छ । यसरी हेर्दा ठूला ब्रोकहरुमा नै लगानीकर्ता र ब्रोकरहरुबीच हुने सम्झौतामा भिन्नता देखिएको छ । यसै विषयलाई मध्यनजर गर्दै नेप्सेले अब सबै ब्रोकरहरुका लागि एकै किसिमको सम्झौतापत्र बनाउन ब्रोकरहरुलाई निर्देशन दिने भएको छ ।  

 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.