बुधबार, असार १०,२०८३ 06:13:08
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:13:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देउवा दम्पत्तिविरुद्ध पक्राउ पूर्जी जारी,विदेशबाट कसरी झिकाइन्छ ?

Laxmi Sunrise Bank Limited
देउवा दम्पत्तिविरुद्ध पक्राउ पूर्जी जारी,विदेशबाट कसरी झिकाइन्छ ?

काठमाडौं । सत्ता र शक्तिको केन्द्रमा लामो समयदेखि प्रभाव राख्दै आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वमन्त्री आरजू राणा देउवाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आशंकामा पक्राउ पुर्जी जारी भएको खुलेको छ।

उच्च स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर अनुसन्धान अघि बढाउँदै सम्पत्ति शुद्धिकरण विभागले उनीहरुविरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिएको खुलेको हो ।  

New Office
CG Motors
Garima Development Bank

अनुसन्धानमा संलग्न निकट स्रोतले जनाएको अनुसार अदालतले औपचारिक रूपमा पक्राउ पुर्जी जारी गरिसकेको भए पनि देउवा दम्पत्ति हाल नेपालबाहिर रहेकाले कार्यान्वयन हुन सकेको छैन। “कानुनी प्रक्रिया पूरा भइसकेको छ, तर उहाँहरू स्वदेशमा नरहेकाले पक्राउ गर्न सकिएको छैन,” स्रोतको भनाइ छ।

यो घटनाले मुलुकको उच्च राजनीतिक तहसम्म सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विस्तार भएको संकेत दिएको छ। पछिल्लो समय अवैध सम्पत्ति आर्जन, वित्तीय पारदर्शिता र राजनीतिक उत्तरदायित्वका विषयमा राज्य संयन्त्र सक्रिय बन्दै गएको सन्दर्भमा यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

देउवा दम्पत्तिको विदेश बसाइ, अनुसन्धानको दायरा, र सम्भावित कानुनी प्रक्रिया अब कसरी अघि बढ्छ भन्ने विषयले राजनीतिक वृत्तमा चासो बढाएको छ।

एक प्रहरी स्रोतका अनुसार देउवा दम्पत्ति हाल विदेशमा रहेका र उनीहरु नेपाल फर्किन नसक्ने अवस्थाको विश्लेषण गर्दै इन्टरपोलको सहयोगमा रेड कर्नर नोटिस जारी गरी स्वदेश झिकाउनेसम्मको तयारीमा विभागले आवश्यक प्रक्रियाहरुलाई अगाडि बढाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.