बिहीबार, माघ १७,२०८१ 10:45:51
IME remit
  • बिहीबार, माघ १७,२०८१ 10:45:51
IME remit
Global IME Bank Limited

देउवासँग लगानीकर्ताले भने–‘महाप्रसादजस्तो पात्र गभर्नर बनेर नआउन्, हरेक मौद्रिक समीक्षाअघि तर्सिनुपर्ने अवस्था नबनोस्

Hyundai Nepal
देउवासँग लगानीकर्ताले भने–‘महाप्रसादजस्तो पात्र गभर्नर बनेर नआउन्, हरेक मौद्रिक समीक्षाअघि तर्सिनुपर्ने अवस्था नबनोस्
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारका लगानीकर्ताहरुले मंगलबार सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति तथा वेटिङ प्राइमिनिस्टर शेरबहादुर देउवालाई भेटे ।  

नेपाल सेयरधनी संघका प्रतिनिधिहरुको अगुवाईमा बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका लगानीकर्ताहरुले देउवासँग विशेष समय लिएर पूँजीबजारका समस्याहरु र यसलाई समाधान गर्ने उपाय समेत सुझाए ।  

सो क्रममा देउवाले पूँजीबजारका समस्याहरुको विषयमा एकघण्टाभन्दा बढी समयसम्म लगानीकर्ताको ब्रिफिङ सुनेका थिए ।  

सुरुवातमा ‘यो पूँजीबजार भनेको के हो ? मलाई बुझाउनुस्’ भन्दै कुराकानी थालेका देउवाले निकै ध्यानपूर्वक लगानीकर्ताको पीडा सुने । सो क्रममा उनले बजारको समस्या समाधानका लागि जिम्मेवार निकाय कुन–कुन हुन् ? भन्ने जिज्ञासा समेत राखेका थिए ।  

लगानीकर्ताहरुले पूँजीबजारको विषयमा निकै मिहीन ढंगले देउवालाई बुझाउने काम गरेका थिए । उनीहरुले सो क्रममा निकै लामो समयसम्म नेपालको पूँजीबजारलाई राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले कसरी ध्वस्त बनाए भनेर स–विस्तार व्याख्या गरेका थिए । 

Bizshala
CG Motors
Sagarmatha Cement

छलफलमा सहभागी लगानीकर्ताहरुकाअनुसार पूँजीबजारलाई कमजोर बनाउने र लगानीकर्ताको करोडौं सम्पत्ति स्वाहा पार्ने काम गभर्नर अधिकारीले गरेका बताएका थिए । ‘महाप्रसाद अधिकारीले गभर्नर बनेपछि स्वतन्त्र र स्वायत्त निकायको लिडरभन्दा पनि कुनै दल विशेषको कार्यकर्ताको रुपमा काम गर्नुभयो । सधैं पूँजीबजारलाई हेयको दृष्टिकोणले हेर्नुभयो । जानाजान गलत नीति लिएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने ट्रिगर प्वाइन्ट रहेको पूँजीबजारलाई ध्वस्त पार्नुभयो ।’ लगानीकर्ताहरुले देउवासँग भनेका थिए–‘महाप्रसाद अधिकारीको गभर्नरको रुपमा कार्यकाल सकिन अब केही साता मात्र बाँकी छ । चैत २२ गते कार्यकाल सकिने उहाँ एकमहिनाअघिदेखि नै विदामा बस्ने कुरा छ । अब कांग्रेसले पनि भावी गभर्नरको विषयमा गम्भीरतापूर्वक तयारी थाल्नुपर्यो ।’

सो क्रममा गभर्नरको रुपमा महाप्रसाद रहुञ्जेल प्रत्येक आर्थिक वर्षका प्रत्येक त्रैमासमा आउने मौद्रिक नीतिको समीक्षाअघि लगानीकर्ताहरुको निद्रा हराउने गरेको प्रसङ्ग पनि सुनाएका थिए । ‘अधिकारीको कार्यकालमा नीतिगत स्थिरता नै भएन । हरेक त्रैमासमा परिवर्तन भइरहने नीतिका कारण हामी अझ प्रताडित हुन पुग्यौं ।’ लगानीकर्ताले भनेका थिए–‘आज पनि मौद्रिक नीतिको समीक्षा आउनुअघि हामी तर्सिने अवस्था छ । लहडको भरमा गभर्नरले कुनै नीति परिवर्तन गरिदिएर सम्पत्ति स्वाहा पार्लान् कि भनेर निद्रा लाग्दैन ।’  

लगानीकर्ताहरुले देउवालाई वेटिङ प्राइमिनिस्टर समेत भएका कारण कांग्रेसनिकट कुशल पात्रलाई गभर्नर बनाएमा मात्र देउवाको सन्निकट प्रधानमन्त्रीकालको सरकारले अर्थतन्त्रलाई गतिशील बनाउनसक्ने सुझाव समेत दिएका थिए । ‘सभापति ज्यू, हामीलाई महाप्रसादजस्तो पात्र फेरि पनि गभर्नरको रुपमा चाहिएन, भो पुग्यो ! अर्थतन्त्र नबुझेको, कुनै दलको कार्यकर्ताको रुपमा मात्रै प्रस्तुत हुने र इगोमा आधारित रहेर लगानीकर्तालाई सिध्याउन लागिपर्ने यस्तै प्रवृतिको पात्र कुनै पनि हालतमा राष्ट्रबैंकमा आउनुभएन ।’ लगानीकर्ताहरुले देउवाले भनेका थिए–‘अर्थतन्त्रलाई राम्रोसँग बुझेको मान्छे, पूँजीबजारलाई नजिकबाट चिनेको मान्छे र कसैको प्रभावमा नभई स्वायत्त र स्वतन्त्र ढंगले लगानीकर्ताको मनोबल उकास्ने गरी काम गर्ने मान्छेलाई गभर्नरमा ल्याउनुपर्यो । यसमा सभापति ज्यूले पनि बेलैदेखि चासो दिइदिन पर्यो ।’  

सो क्रममा लगानीकर्ताहरुले महाप्रसादले कुनै दल विशेषको कार्यकर्ताको रुपमा कसरी विभेदपूर्ण काम गरे, कस्ता–कस्ता गलत नीति ल्याएर बजार ध्वस्त बनाए, लगानीकर्ताको मनोबल गिराउन कस्ता काम गरे भन्ने विषयमा बेलीबिस्तार लगाएका थिए ।  

महाप्रसाद अधिकारीको विषयमा लगानीकर्ताबाट भएको ब्रिफिङ देउवाले निकै चासोपूर्वक सुनेका थिए । लगानीकर्ताको कुरामा सहमति जनाउँदै अर्थतन्त्र संकटमा रहेको र यसलाई गतिशील बनाउन क्षमतावान पात्रलाई राष्ट्रबैंकजस्तो निकायमा पठाउनुपर्नेमा जोड दिएका थिए । यो विषयमा पार्टीमा पनि छलफल गर्ने र सत्ता सहकार्य भइरहेको दलसँग समेत छलफल गरी अर्थतन्त्र र बजारलाई बुझेको पात्रलाई नै गभर्नर बनाउने उनले संकेत गरेका थिए । 

Muktinath Bikas Bank Limited

लगानीकर्ताको भावना बुझ्ने पार्टी नेपाली कांगे्रस मात्र रहेको उल्लेख गर्दै पूँजीबजार र यसलाई प्रभाव पार्ने निकायहरुको नियुक्तिमा पार्टीले चासो दिनुपर्नेमा लगानीकर्ताहरुले जोड दिएका थिए । ‘डा.रामशरण महतजस्तो व्यक्ति अबको अर्थमन्त्री बनेर आउनुपर्यो । लगानीकर्ताको भावना बुझ्ने मान्छे गभर्नरको रुपमा आउनुपर्यो ।’ लगानीकर्ताले भनेका थिए–‘अब पनि कांग्रेस चूप बस्नुभएन । गलत पात्र गलत ठाउँमा जाँदा अर्थतन्त्र चौपट भयो, देश डूब्ने भयो ।’  

देउवालाई भेटेर फर्किएका एक लगानीकर्ताले छलफलको समीक्षा गर्दै बिजशालासँग भने–‘उहाँ(देउवा)हरुलाई पनि देशको अर्थतन्त्र गभर्नरको गलत नीति र असहयोगले समेत बिग्रिएको भन्ने महसुस भएको पायौं । राजनीतिक नियुक्ति लिनेहरुले आफ्नो विचारभन्दा फरक दलको सरकार बन्दा असहयोग गरेको विषयमा पनि उहाँहरुलाई राम्रो नलेज रहेछ ।’

छललफमा देउवाका सचिवालय सदस्यहरुले ती समस्याहरुको टिपोट गरेका थिए । देउवाले आफूहरुलाई पूँजीबजारका सबै समस्याहरुको टिपोट गरी आफूलाई दिन र जायज मागहरु तत्काल सम्बोधन हुने वातावरण आफूले बनाउने प्रतिबद्धता जनाएका थिए ।  

छलफलमा सहभागी लगानीकर्ता प्रकाश रजौरेकाअनुसार देउवाले बजारका समस्या समाधानका विषयमा अभूतपूर्व चासो दिएको देखिएकोले लगानीकर्ताहरुले समस्या र समाधानको उपायसहितको बृहत मागपत्र एकसाताभित्र बुझाउने गरी आवश्यक तयारी थालिसकेका छन् ।  

कांग्रेसको पनि संगठन !

यसैबीच, देउवासँग पूँजीबजारको विषयमा एकघण्टा बढी गफिएका लगानीकर्ताहरुलाई देउवाको सचिवालय सदस्यहरुले कांग्रेसनिकट लगानीकर्ताहरुको समेत संगठन बनाउन सुझाएका थिए ।  

लगानीकर्ताहरुले एमालेको पूँजीबजारसँग सम्बन्धित संगठन रहेको र ब्रोकरहरुमा समेत एमालेनिकटले संगठन खोलेर हालै मर्ज गरेका उल्लेख गरेका थिए । सो क्रममा देउवा सचिवालयका एक सदस्यले भनेका थिए–‘उसो भए तपाईहरु पनि कांग्रेसको छुट्टै संगठन स्थापना गर्नतर्फ लाग्नुस् । लगानीकर्ताहरुको समस्यालाई हाम्रो पार्टीले विशेष महत्व दिन्छ । संगठन बनाएर अगाडि बढ्नुभयो भने भोलि पार्टीको केन्द्रीय विभागदेखि समितिसम्म पनि स्पेश दिन सकिन्छ । संगठन खोल्ने काम चाहिँ चाँडै गरिहाल्नुस् ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.