महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठन भएको समितिको सदस्यमा नियुक्त भएका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउदै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले मंगलबारको सुनुवाइपश्चात आगामी ४ जेठ गते दुवै पक्षलाई छलफलका लागि बोलाउदै कारण देखाउ आदेश जारी गरेको हो ।