शनिबार, असार १४,२०८२ 09:43:07
  • शनिबार, असार १४,२०८२ 09:43:07
Global IME Bank Limited

लगानीकर्तालाई गभर्नरको आग्रहः ‘बैंक जोगाउन यस वर्ष लाभांश कम लिनुस्’

Hyundai Nepal
लगानीकर्तालाई गभर्नरको आग्रहः ‘बैंक जोगाउन यस वर्ष लाभांश कम लिनुस्’
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई जोगाउन तथा संस्थाको साख कायम राख्न यस वर्ष लाभांश नदिन लगानीकर्तालाई आग्रह गरेका छन् । बैंकर्स एशोसियसनले आयोजना गरेको बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो आग्रह गरेका हुन् ।  

अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुमा रहेको एनपीए स्तर (नन परफर्मिङ एसेट्स अर्थात् कुल बाँकी कर्जामा म्याद नाघेका कर्जाको अंश वा खराब कर्जाको स्तर) कम नै रहेको बताएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै पछिल्लो समय बैंकहरुको अवस्था बजारमा भनेजस्तो नबिग्रिएको बताउँदै गभर्नर अधिकारीले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । वर्किङ गाइडलाइन आएपछि स्ट्रिक हुनुपर्दा एनपीए बढेको उनले बताए ।  

‘३.४० को एनपीए हुँदा नेट एनपीए १.५ प्रतिशत भन्दा कम १.१३ प्रतिशत हाराहारीमा नै छ । अर्थात एनपीए समग्र बैंकिङ्ग प्रणालीले प्रशस्त मात्रामा प्रोभिजन गरेको छ । राष्ट्र बैंकले समेत एनपीए नबढ्ने नीति लिएको छ ।’ गभर्नर अधिकारीले भने, ‘यस वर्ष बैंकहरुको लाभांश क्षमता घटेको छ त्यसकारण यसवर्ष लाभांश कम लिनुस् ।’  

समग्र वित्तीय प्रणाली टिकाउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले प्रोभिजनिङ मान्यता लिएको उनले बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.