बुधबार, असार १०,२०८३ 02:54:47
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:54:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक्जिम बैंकको एजेन्ट बैंक नियुक्त भयो सानिमा बैंक

Laxmi Sunrise Bank Limited
एक्जिम बैंकको एजेन्ट बैंक नियुक्त भयो सानिमा बैंक

काठमाण्डौ । The Export and Import Bank of China (एक्जीम) बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालि ¬(१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेघावाट)–१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण/मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । एक्जिम बैंकको चीनस्थीत सिचुवान शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र एक्जिमबैंकबीच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको हो ।  

उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फवाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र एक्जिमको तर्फवाट सिचुवान शाखाकी उपाध्यक्ष वु यानहुईले हस्ताक्षर गरे । उक्त विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, एक्जिम बैंक सिचुवान शाखाका अध्यक्ष च्यान सेङग्रोङ र एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लियो बिन समेतको उपस्थिति रहेको थियो ।

New Office
CG Motors
Garima Development Bank

सो समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले एजेन्सी बैंकको रुपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गरेकोमा सबै सरोकारवालाहरुप्रति आभार व्यक्त गरे । साथै,एक्जिम बैंकसँगको महत्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तरष्ट्रिय ब्यापार सम्बन्ध विस्तार भई व्यापार प्रबद्र्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले उर्जा जलविद्युत, व्यापार पूर्वाधार, लगाएतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत व्यक्त गरे ।  

त्यसैगरी एक्जिम र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यका लागी सानिमा बैंकको भूमिका महत्वपूर्ण हुने बताउँदै यी परियोजनाबाट प्राप्त अनुभवबाट भविष्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरु कोशेढुंगा सावित हुने विचार व्यक्त गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.