सानिमा बैंकले डाक्यो २२औँ साधारण सभा, लाभांश पारित गरिने
काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आगामी असोज १२ गते २२औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सञ्चालक समितिको भदौ १८ गते बसेको ७१७औँ बैठकको निर्णयअनुसार साधारण सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजे बस्ने भएको हो।बैंकले साधारण सभामार्फत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वार्षिक वित्तीय विवरण तथा सहायक...

