काठमाण्डौ । सानिमा बैंक लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज २७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
बैंकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकले आगामी कात्तिक २ गते काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आफ्नो २१ औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।