बिहीबार, भाद्र १८,२०८३ 07:55:08
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 07:55:08
Bizshala
Global IME Bank Limited

ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने

ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने
New Office

काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा लाग्ने प्रवेश तथा उपभोग शुल्क नगदरहित प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने ट्रक तथा अन्य व्यवसायीलाई क्यूआर कोडमार्फत सहज रूपमा शुल्क भुक्तानी गर्ने सुविधा उपलब्ध गराइनेछ। यसबाट सुरुङमार्ग प्रयोग गर्ने व्यवसायीलाई नगद बोकेर शुल्क तिर्नुपर्ने बाध्यता हट्ने तथा भुक्तानी प्रक्रिया थप सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सम्झौतामा नेपाल ट्रक यातायात व्यवसायी महासंघका तर्फबाट राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंक लिमिटेडका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गर्नुभएको हो।

सरकारले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारीसाधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णय यसअघि नै गरेको थियो। सोही निर्णयअनुसार मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विभिन्न सवारीसाधनका लागि प्रवेश तथा बाहिरिने शुल्क तोकेको छ।

तोकिएको दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

त्यस्तै, मिनी बस तथा मिनी टिपरट्रकले सुरुङमार्ग प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ।

मल्टी एक्सल ट्रक तथा अन्य भारी सवारीसाधन र भारी उपकरणका लागि भने प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ तोकिएको छ।

नगदरहित भुक्तानी प्रणाली लागू भएपछि विशेषगरी नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीलाई शुल्क भुक्तानीमा थप सहजता हुने महासंघका अध्यक्ष बाँनियाको विश्वास छ

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.