काठमाण्डौ । सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको हो ।
यस सेवाअन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन् ।
यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटीएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्ने बैंकले जनाएको छ । साथै, अन्य सेवाशुल्क जस्तै अनलाइन शुल्क÷एफसीवाई सटही भुक्तानीका लागि पनि उपयोगी हुने बैंकले उल्लेख गरेको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।